त्रिभुवन विश्वविद्यालयका स्नातक तहका परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्न सोधिने
काठमाडौं—त्रिभुवन विश्वविद्यालयका स्नातक तहका परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार पारिने भएको छ । सोमबार त्रिविकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले सामाजिक सन्जाल एक्समार्फत उक्त जानकारी दिएकी हुन् ।
‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ,’ मन्त्री भट्टराईले आफ्नो एक्स अकाउण्टमा भनेकी छन् । त्रिविको प्राज्ञिक परिषद् स्थायी समितिको १५ चैत २०८० मा बसेको बैठकले यो निर्णय गरेको थियो ।
अहिले त्रिविका परीक्षाहरुमा अंग्रेजी माध्यमबाट मात्रै प्रश्न सोधिदैं आइएको छ । त्रिविले आगामी वर्षदेखि स्नातक तहका सबै संकायका वार्षिक परीक्षा प्रणालीका परीक्षाहरुमा सोधिने प्रश्नपत्रमा नेपाली र अंग्रेजी दुवै भाषाका तयार पार्नेछ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया