सूचना प्रविधिको महाकुम्भ मेला बन्दै वर्डक्याम्प नेपाल २०२५
यस्ता छन सम्मेलनका आकर्षण
काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रुपमा हेरीएको वर्डक्याम्प नेपाल २०२५ मा प्रविधिजन्य कम्पनी तथा वक्ताहरूको धमकेदार उपस्थिती हुने भएको छ । चैत २२ र २३ गते काठमाडौंको चन्डोल स्थीत कुन्डलिनी दरबारमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा विज्ञहरुको उपस्थिती हुन लागेको हो ।
सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बारे अभिनाष कुन्डलियाको विशेष प्रस्तुती रहनेछ जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे ज्ञान पाइन्छ। यस्तै ५० प्रभावशाली महिला २०८१ को सूचिमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठ लाई वक्ताको रुपमा देख्न पाइनेछ, उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पु¥याउन प्रशंसनीय काम गर्दै आइरहेकी छिन् । यस्तै एसइओ विषेशज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा , ग्राफिक डिजाइनर आशिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय विताइरहेका वर्डप्रेस विषेशज्ञहरु मिलन खनाल, नविन जयसवाल, साकार उपाध्याय खतिवाडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुती तथा वर्कसप रहनेछ । वर्डक्याम्पमा नेपाल, भारत, बंगलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
उक्त सम्मेलनमा अन्तराष्ट्रिय स्तरको सूचना प्रविधि क्षेत्रको अनुभव प्राप्त विज्ञ तथा वक्ताहरुको समेत उपस्थिती र प्रस्तुती हुनेछ । उनीहरुले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानको उपायका विषयमा आफ्ना अनुभव आदान प्रदान गर्नेछन । सूचना प्रविधिमा चासो राख्ने सहभागिहरुका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ । जसका लागि nepal.wordcamp.org/2025 मा भिजिट गरेर विस्तृत जानकारी लिन सकिनेछ ।
सूचना प्रविधि सँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरु सञ्चालन हुनेछ
ताजा अपडेट
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया