समाचार
१३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा
काठमाडौं—उपकुलपति पद सम्हालेको १३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । त्रिवि स्रोतकाअनुसार करार र आंशिक प्राध्यापक र कर्मचारी दबाब झेल्न नसकेपछि उनले शुक्रबार राजीनामा पत्र प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई पठाएका हुन् ।
प्रा.डा. बराल १० फागुन २०८० मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
त्रिविमा प्राध्यापक र कर्मचारी गरी झण्डै १ हजार ४०० सय कर्मचारी करारमा छन् । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । सर्वोच्च अदालतले भने खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न भनेको छ ।
प्रा.डा. बरालको राजीनामा भने स्वीकृत भइसकेको छैन । उपकुलपतिको कार्यकाल ४ वर्षको भएपनि उनी एक वर्षमै बाहिरिएका हुन् ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया