Techie IT
  • सोमबार, भदौ ९, २०८२ / Monday, August 25, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारमाट्रिका आइ सेन्टरका रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित

माट्रिका आइ सेन्टरका रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित


काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरका वरिष्ठ रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित भएका छन् । आइतबार इनर ह्वील क्लब अफ पाटनको ३१ औं चार्टर डे सेलिब्रेसन कार्यक्रमका अवसरमा प्रधानलाई सम्मान गरिएको हो ।

कार्यक्रममा माट्रिकाले विगत लामो समयदेखि नेपालका दुर्गम ठाउँहरुमा गएर नागरिकहरुको निःशुल्क आँखाको शल्यक्रियासहितको उपचार गर्दैै आएको छ । माट्रिकाले पूर्वमा सोलुखुम्बुदेखि पश्चिममा जुम्लासम्मका २० हजारभन्दा बढी मोतिबिन्दु भएका नागरिकको निःशुल्क शल्यक्रिया गरिसकेको छ । त्यसैलाई कदर गर्दै क्लबले प्रधानलाई सम्मान गरेको हो । डा. प्रधान नेपालकै पहिलो रेफ्रयाक्टिभ सर्जनसमेत हुन् । उनले नेपालमा मात्र नभएर विदेशका विभिन्न अस्पतालमा गइ बिरामीको उपचार तथा चिकित्सकहरुलाई तालिमसमेत दिँदै आएका छन् ।

विजयलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न समाजसेवहीहरुको उपस्थिति रहेको थियो । समाजसेवी मोतिशान्ति शाक्यले देशका धेरै दुर्गम ठाउँमा गएर माट्रिका आँखा केन्द्रले निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेकोमा धन्यवादसमेत दिएका थिए ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको