समाचार
राष्ट्रिय परीक्षा बोर्डले भन्यो, ‘कक्षा १२ को परीक्षा सरेको छैन’
काठमाडौंं—राष्ट्रिय परीक्षा बोर्डले ११ बैशाखबाट सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा नसरेको जनाएको छ । शुक्रबार बोर्डले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित भएको भ्रामक सूचनाका पछि नलाग्न समेत आग्रह गरेको छ ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा छ ।
बोर्डले परीक्षा सम्बन्धि आधिकारिक सूचना बोर्डले आफ्नो बेवसाइट www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही मार्फत सूचना प्रवाह हुने जनाएको छ । ‘अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्ने समस्त सरोरकारवालालाई बोर्ड हार्दिक अनुरोध गर्दछ,’ बोर्डले भनेको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखेर अनधिकृत र भ्रामक सूचना सम्प्रेष्ण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारवाहीका लागि बोर्ड प्रक्रियासमेत अगाडि बढाएको छ । उसले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन विद्यार्थीहरुलाई आव्हान गरेको छ ।

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया