कक्षा १२ मा कुन विषयमा कति विद्यार्थी फेल ?
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा धेरै अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६६ हजार २ सय ७५ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
त्यसपछि सबैभन्दा धेरै विद्यार्थी अकाउण्टमा अनुत्तीर्ण भएका छन् । उक्त विषयमा ४१ हजार २ सय ६३ जना विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयमा ३३ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
यसैगरी, अनिवार्य नेपालीमा २८ हजार ३ सय ५६, अर्थशास्त्रमा १७ हजार ७५२ जना, इन्स्ट्रसनल पेडागोजीमा ११ हजार ५७९ जना, विजनेश स्टडिजमा १० हजार ८५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । अनिवार्य गणितमा ९ हजार ५९३ जना, एजुकेशन एण्ड डेभलपमेन्टमा ६ हजार २४ जना, फिजिक्समा ५ हजार ६ सय ५२ जना, कम्प्युटर साइन्समा ५ हजार ५५५ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।
कुन विषयमा कति विद्यार्थी फेल ?




ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया