नेपालमा नसर्ने रोगको महामारी, कसरी होला रोकथाम ?

काठमाडौं । नेपालमा आज भन्दा १५ वर्ष अघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो, अनि सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले त्यस यताको छ वर्षमा नसर्ने रोगबाट मृत्यु हुनेको भार थप बृद्धि भएको अनुमान गरेका छन् ।
बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि मिडिया एडभोकेसी वर्कसपमा बक्ताहरुले बढ्दो क्रममा रहेको नसर्ने रोग भारलाई कम गर्न नीतिगत हस्तक्षेप गरेर अघि बढ्नु पर्ने बताए ।
स्वास्थ्य पत्रकारहरुका लागि आयोजित सो कार्यशालामा बोल्दै एलायन्सका सह अध्यक्ष शान्तालाल मुल्मीले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाउन र कार्यान्वयनका लागि दवाव दिने देखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउन रोक्ने अभियान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण कार्य गरेको बताए ।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अवस्था र आफूहरुले गरेका गतिविधिबारेमा प्रकाश पारेका थिए ।
यस्तै एलायन्सका संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एड्भोकेसी कार्यशाला गोष्ठीको आवश्यकता र औचित्यका बारेमा बताएका थिए । उनले अहिले पनि नेपालका स्वास्थ्य पत्रकारहरुले प्रभावकारी ढंगले स्वास्थ्यका विविध विषय उठाईरहेको भन्दै धन्यवाद दिए । कार्यशालामा त्यसपछि विषयगत रुपमा कार्यप्रस्तुति दिइएको थियो ।
त्यसो त केही महिना अघि देखि दक्षिण पूर्वी एसिया क्षेत्र (सेयर) एनसीडी एलायन्सको सचिवालय नेपाल एनसीडी एलायन्सले सम्हालेको छ ।
त्यसको सचिवालय सचिवको भूमिकामा समेत रहेकी डा मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा एनसीडीको बढ्दो प्रभावबारे चर्चा गरेकी थिईन । नसर्ने रोगको बढ्दो प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गरेकी उनले नसर्ने रोग के हो ? कसरी यसले आफ्नो प्रभाव विस्तारै गर्दैछ । यसलाई नियन्त्रण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने बारेमा बताएकी थिईन् ।
धूमपान, मध्यपानको प्रयोग, सुगरी ड्रिङ्सको प्रयोग, शारीरिक निस्कृयता, अस्वस्थकर खाना, प्रदुशण सहितको बातावरण, नसर्ने रोगका लागि प्रमुख कारक तत्व हो यस्तो कुलतमा नलाग्न सबैसंग आग्रह गरिन ।
नेपाल हेल्थका सम्पादक एवं एलायन्सका संस्थापक सदस्य रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा चर्चा गरेका थिए । उनले नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीकै अग्रसरताका कारण कतिपय लुकाइएका र कतिपय लुकेका कानूनका मस्यौदाहरुलाई झिकेर कार्यान्वयनको चरणमा पुगेको बताए ।
यस्तै अर्का संस्थापक एवं पत्रकार सरोज ढुंगेलले नसर्ने रोग नियन्त्रणका लागि सरकारले बनाएका नीति र तिनको कार्यान्वयनको अवस्थाबारेमा बताएका थिए ।
यसैगरी अर्का पत्रकार अतुल मिश्रले नसर्ने रोगका सम्बन्धी रिपोर्टिङ प्रबृत्तिबारेमा आफ्नो प्रस्तुति दिएका थिए भने प्रेस काउन्सिलका सदस्य एवं पत्रकार पदमराज जोशीले एनसीडी र मिडिया इथिक्सलाई जोडेर अर्को प्रस्तुति दिएका थिए ।
कार्याशालामा स्वास्थ्य विटमा क्रियाशिल ३५ बढी पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यशालाको सहजीकरण कोषाध्यक्ष उत्तमा श्रेष्ठले गरेकी थिईन् ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया