नेपालमा नसर्ने रोगको महामारी, कसरी होला रोकथाम ?
काठमाडौं । नेपालमा आज भन्दा १५ वर्ष अघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो, अनि सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले त्यस यताको छ वर्षमा नसर्ने रोगबाट मृत्यु हुनेको भार थप बृद्धि भएको अनुमान गरेका छन् ।
बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि मिडिया एडभोकेसी वर्कसपमा बक्ताहरुले बढ्दो क्रममा रहेको नसर्ने रोग भारलाई कम गर्न नीतिगत हस्तक्षेप गरेर अघि बढ्नु पर्ने बताए ।
स्वास्थ्य पत्रकारहरुका लागि आयोजित सो कार्यशालामा बोल्दै एलायन्सका सह अध्यक्ष शान्तालाल मुल्मीले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाउन र कार्यान्वयनका लागि दवाव दिने देखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउन रोक्ने अभियान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण कार्य गरेको बताए ।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अवस्था र आफूहरुले गरेका गतिविधिबारेमा प्रकाश पारेका थिए ।
यस्तै एलायन्सका संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एड्भोकेसी कार्यशाला गोष्ठीको आवश्यकता र औचित्यका बारेमा बताएका थिए । उनले अहिले पनि नेपालका स्वास्थ्य पत्रकारहरुले प्रभावकारी ढंगले स्वास्थ्यका विविध विषय उठाईरहेको भन्दै धन्यवाद दिए । कार्यशालामा त्यसपछि विषयगत रुपमा कार्यप्रस्तुति दिइएको थियो ।
त्यसो त केही महिना अघि देखि दक्षिण पूर्वी एसिया क्षेत्र (सेयर) एनसीडी एलायन्सको सचिवालय नेपाल एनसीडी एलायन्सले सम्हालेको छ ।
त्यसको सचिवालय सचिवको भूमिकामा समेत रहेकी डा मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा एनसीडीको बढ्दो प्रभावबारे चर्चा गरेकी थिईन । नसर्ने रोगको बढ्दो प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गरेकी उनले नसर्ने रोग के हो ? कसरी यसले आफ्नो प्रभाव विस्तारै गर्दैछ । यसलाई नियन्त्रण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने बारेमा बताएकी थिईन् ।
धूमपान, मध्यपानको प्रयोग, सुगरी ड्रिङ्सको प्रयोग, शारीरिक निस्कृयता, अस्वस्थकर खाना, प्रदुशण सहितको बातावरण, नसर्ने रोगका लागि प्रमुख कारक तत्व हो यस्तो कुलतमा नलाग्न सबैसंग आग्रह गरिन ।
नेपाल हेल्थका सम्पादक एवं एलायन्सका संस्थापक सदस्य रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा चर्चा गरेका थिए । उनले नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीकै अग्रसरताका कारण कतिपय लुकाइएका र कतिपय लुकेका कानूनका मस्यौदाहरुलाई झिकेर कार्यान्वयनको चरणमा पुगेको बताए ।
यस्तै अर्का संस्थापक एवं पत्रकार सरोज ढुंगेलले नसर्ने रोग नियन्त्रणका लागि सरकारले बनाएका नीति र तिनको कार्यान्वयनको अवस्थाबारेमा बताएका थिए ।
यसैगरी अर्का पत्रकार अतुल मिश्रले नसर्ने रोगका सम्बन्धी रिपोर्टिङ प्रबृत्तिबारेमा आफ्नो प्रस्तुति दिएका थिए भने प्रेस काउन्सिलका सदस्य एवं पत्रकार पदमराज जोशीले एनसीडी र मिडिया इथिक्सलाई जोडेर अर्को प्रस्तुति दिएका थिए ।
कार्याशालामा स्वास्थ्य विटमा क्रियाशिल ३५ बढी पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यशालाको सहजीकरण कोषाध्यक्ष उत्तमा श्रेष्ठले गरेकी थिईन् ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया