समाचार
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

काठमाडौं—नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्डअन्तर्गतको एक परियोजनामा छनौट हुन सफल भएकी छन् ।
कलेज सञ्चालक समिति सदस्य समेत रहेकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट भएकी हुन्।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नेछन् । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउनेछ ।
यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत छन् ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया