समाचार
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
काठमाडौं—नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्डअन्तर्गतको एक परियोजनामा छनौट हुन सफल भएकी छन् ।
कलेज सञ्चालक समिति सदस्य समेत रहेकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट भएकी हुन्।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नेछन् । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउनेछ ।
यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत छन् ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया