Techie IT
  • आईतबार, फागुन २४, २०८२ / Sunday, March 8, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारशिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा

समाचार

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दर्ता


 काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री खनालले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा केन्द्रित हुन राजीनामा दिनुभएको हो ।’

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् ।

उनीहरू तीनै जना आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । पुनले म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट