Techie IT
  • शनिबार, असोज २४, २०८३ / Saturday, October 10, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

अस्पतालका अनुसार मेमोग्राफी सेवामा २५ प्रतिशत छुट, महिला स्वास्थ्य प्याकेजहरूमा १० प्रतिशत छुट तथा सबै आइभीएफ प्रक्रियामा १० प्रतिशत छुट प्रदान गरिएको छ । वैशाख ४ गतेदेखि सुरु भएको उक्त योजना एक हप्तासम्म लागू रहने जनाइएको छ ।

यसैबीच, नयाँ वर्ष २०८३ का अवसरमा अस्पतालले आफ्ना बाह्यरोगी सेवा प्याकेजहरूमा समेत १० प्रतिशत छुट सुविधा सञ्चालन गरिरहेको जनाएको छ । यस अन्तर्गत बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेकअप, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज तथा महिला र पुरुषका लागि प्लाटिनम हेल्थ प्याकेज समावेश छन् । यो योजना वैशाख २ गतेदेखि सुरु भई वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

अस्पतालले सेवा लिन इच्छुक सेवाग्राहीलाई ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न विशेष अवसरमा यस्ता स्वास्थ्य सेवा छुट योजना सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको