Techie IT
  • शनिबार, असोज २४, २०८३ / Saturday, October 10, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने

एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक टुकराज अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका पुनर्योगका लागि हालसम्म ३३ हजार ८५१ निवेदन परेको जानकारी दिएका छन् ।

अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उत्तरपुस्तिका खोज्ने काम सुरु भइसकेको र नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको बताएका हुन् ।

उनले एसईईको नतिजा सार्वजनिक गर्न केही समय लाग्ने उल्लेख गर्दै बोर्डका कर्मचारीहरू बिदासमेत नभनी पूर्ण क्षमताका साथ खटिरहेको बताएका छन् । “हामी कुनै बिदा पनि उपयोग नगरी साँझ–बिहानसमेत पूरा क्षमतामा लागिपरेका छौं,” उनले लेखेका छन् ।

अधिकारीका अनुसार सबै एसईईको नतिजा अनुरूप पुनर्योगको निवेदन परेपछि सम्बन्धित विषयका उत्तरपुस्तिका पुनः परीक्षण प्रक्रिया अघि बढाइएको हो । पुनर्योगका लागि सूचना प्रकाशन भएपछि सोहीअनुसार निवेदन दिन व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक अधिकारीले विद्यार्थी तथा अभिभावकलाई धैर्य गर्न आग्रह गर्दै नतिजा प्रकाशन कार्यलाई छिटो र व्यवस्थित बनाउन निरन्तर काम भइरहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको