एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक टुकराज अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका पुनर्योगका लागि हालसम्म ३३ हजार ८५१ निवेदन परेको जानकारी दिएका छन् ।
अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उत्तरपुस्तिका खोज्ने काम सुरु भइसकेको र नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको बताएका हुन् ।
उनले एसईईको नतिजा सार्वजनिक गर्न केही समय लाग्ने उल्लेख गर्दै बोर्डका कर्मचारीहरू बिदासमेत नभनी पूर्ण क्षमताका साथ खटिरहेको बताएका छन् । “हामी कुनै बिदा पनि उपयोग नगरी साँझ–बिहानसमेत पूरा क्षमतामा लागिपरेका छौं,” उनले लेखेका छन् ।
अधिकारीका अनुसार सबै एसईईको नतिजा अनुरूप पुनर्योगको निवेदन परेपछि सम्बन्धित विषयका उत्तरपुस्तिका पुनः परीक्षण प्रक्रिया अघि बढाइएको हो । पुनर्योगका लागि सूचना प्रकाशन भएपछि सोहीअनुसार निवेदन दिन व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक अधिकारीले विद्यार्थी तथा अभिभावकलाई धैर्य गर्न आग्रह गर्दै नतिजा प्रकाशन कार्यलाई छिटो र व्यवस्थित बनाउन निरन्तर काम भइरहेको बताएका छन् ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया