समाचार
एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य गर्ने सम्झौता
काठमाडौं–एयरोस्पेस कम्पनी एयरबस र नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबीच नेपालका इन्जिनियरिका विद्यार्थीलाई एयरोस्पेस क्षेत्रको क्षमता विकासका इन्टर्नसीप गराउने सम्झौतामा हस्ताक्षर भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग गर्ने, नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधि सम्बन्धि शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गर्ने लक्ष्य सहमतिले राखेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई एरोस्पेस इन्जिनियरिङ, एआई/एमएल, एडभान्स एनालाइटिसक्ट तथा साइबर सेक्युरिटीजस्ता आधुनिक प्रविधि सम्बन्धि ज्ञान र सीप विकासमा सहयोग गरिनेछ ।
समझदारीपत्रमा एयरबस साउथ एसियाका प्रेसिडेन्ट तथा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा शिक्षामन्त्री पोखरेलसँगै नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभललगायतका विभिन्न सरकारी अधिकारी र एयरबसका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बज्राचार्यले एयरबसजस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन र नेपालको उडड्यन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताए ।
एयरबसका अध्यक्ष जुर्गेनले नेपाल युवाशक्ति भएको गतिशील देश भएको उल्लेख गर्दै उक्त अवसरलाई विकासमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपालको जनशक्ति विकासका लागि एयरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्ने बताउँदैं सहकार्यले नेपालको उडड्यन तथा एरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समझदारीअनुसार दुवै संस्थाले अनुसन्धान, तालिम तथा शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्नेछन् । साथै, विद्यार्थीहरुका लागि इन्टर्नसीप, पेलेसमेन्ट, वर्कसप, कन्फ्रेन्स तथा अन्य प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे पनि संयुक्त रुपमा काम गर्नेछन् ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया