‘ड्रिम एण्ड डिसिप्लिन’को सन्देशसहित सम्पन्न भयो विनायक सिद्धको अभिमुखीकरण कार्यक्रम
काठमाडौं । चावहिलस्थित विनायक सिद्ध कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजित कार्यक्रममा कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले करिअर छनोटका क्रममा धेरै विकल्प र अन्योल आउन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिन विद्यार्थीलाई सुझाव दिए ।
विद्यार्थीलाई प्रेरित गर्दै उनले भने, “एसईईसम्म तपाईंले के गर्नुभयो वा गर्नुभएन भन्ने कुरा अब बिर्सिनुहोस् । अब तपाईंहरूको जीवनको नयाँ यात्रा सुरु भएको छ । यो समयलाई उज्ज्वल भविष्य बनाउनका लागि राम्रोसँग उपयोग गर्नुहोस् ।” उनले आफ्नो सफलताका अनुभव पनि विद्यार्थीसँग साझा गरेका थिए ।
कार्यक्रममा नेपाली फुटबलर प्रीति राई भर्चुअल माध्यमबाट सहभागी भएकी थिइन् । हाल विनायक सिद्ध कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत राई खेलका लागि कम्बोडियामा रहेकी छन् । उनले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुभकामना दिँदै विनायक सिद्धले पढाइसँगै विद्यार्थीको प्रतिभालाई पनि महत्व दिने गरेको बताइन् ।
“विनायक सिद्ध कलेज पढाइमा मात्र नभई विद्यार्थीको प्रतिभा पहिचानमा पनि अब्बल छ,” उनले भनिन्, “यहाँ भर्ना भएर कसैले पनि पछुताउनुपर्ने अवस्था आउँदैन भन्नेमा म विश्वस्त छु ।”
कार्यक्रममा कलेजका कोअर्डिनेटर विनय सिंखडाले विभिन्न फ्याकल्टीको परिचय गराउँदै ‘विनायक सिद्ध नै किन ?’ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले कक्षा ११ र १२ केवल दुई वर्षको पढाइ मात्र नभई व्यक्तित्व र सोच विकास गर्ने महत्वपूर्ण समय भएको बताए ।
“सफलता केवल प्रतिभाले मात्र प्राप्त हुँदैन,” उनले भने, “अनुशासन, निरन्तर मेहनत र इमान्दारिताले सफलता हासिल गर्न मद्दत गर्छ ।”
कार्यक्रममा एसईई डान्स च्याम्पियनसिपको छैटौं संस्करणकी विजेता ज्यास्मिन कार्कीलाई सम्मान गरिएको थियो ।
कलेजका एकेडेमिक कन्सल्ट्यान्ट गोविन्द घिमिरेले विद्यार्थीको आचारसंहिता प्रस्तुत गरेका थिए । उनले शिक्षा कुनै गन्तव्य नभई निरन्तर यात्रा भएको बताउँदै अभिमुखीकरण कार्यक्रमले आगामी दुई वर्षमा के गर्ने र के नगर्ने भन्नेबारे मार्गदर्शन गर्ने बताए ।
क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले कलेजको समग्र जानकारी दिँदै विद्यार्थीले ‘ड्रिम एन्ड डिसिप्लिन’ अर्थात् सपना र अनुशासनलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए ।
“दुई वर्ष कहिले बित्छ, थाहा नै हुँदैन,” उनले भने, “यदि तपाईंसँग सपना छैन भने कुन दिशामा अघि बढ्ने भन्ने अन्योल हुन्छ । त्यसैले सबैभन्दा पहिले तपाईंको सपना स्पष्ट हुनुपर्छ ।”
उनले कलेजले विद्यार्थीको क्षमता र प्रतिभा पहिचान गरेर त्यसलाई निखार्न निरन्तर प्रयास गरिरहेको बताए ।
कार्यक्रममा प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल तथा कलेजका बोर्ड सदस्य विष्णु पराजुलीले विद्यार्थीलाई सपथ गराएका थिए ।
कार्यक्रमका सभापति नारायण नेपालले जीवनमा सफल हुन भगवान्, आमाबुबा र शिक्षकको आशीर्वाद महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकारका साथै कलेजका विद्यार्थीले पनि विभिन्न प्रस्तुति दिएका थिए ।
ताजा अपडेट
- नर्सिङ भर्नामा योग्यता क्रम मिच्ने शिक्षालयलाई सीटीईभीटीको चेतावनी
- ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु, घटनाबारे अनुसन्धान जारी
- चिकित्सा शिक्षाको छात्रवृत्ति व्यवस्थापनमा देखिएको अन्योल हट्यो, आयोगद्वारा नयाँ कार्यविधि स्वीकृत
- ‘ड्रिम एण्ड डिसिप्लिन’को सन्देशसहित सम्पन्न भयो विनायक सिद्धको अभिमुखीकरण कार्यक्रम
- अपाङ्गता भएका बालबालिकाका लागि विकसित ‘आशा मोडेल’ले पायो अन्तर्राष्ट्रिय मान्यता
- एचआईभी नियन्त्रणमा प्रगति, तर लाञ्छना र विभेद अझै चुनौती
- सेन्ट लरेन्समा ३० औँ ब्याचको भव्य स्वागत, सम्पन्न भयो अभिमुखीकरण कार्यक्रम
- केबीए ग्लोबलको चितवनमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया