चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
१८ असारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. खत्रीलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । नियुक्तिपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार प्रा.डा. खत्रीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
प्रा.डा. खत्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका पूर्व प्रिन्सिपल तथा वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । कन्सल्ट्यान्ट इन्टरभेन्सन कार्डियोलोजिस्टका रूपमा उनले एन्जियोप्लास्टी, स्टेन्ट प्रत्यारोपण तथा मुटु फेल हुने समस्याको उपचार र व्यवस्थापनमा विशेष अनुभव हासिल गरेका छन्।
यसअघि आयोगका तत्कालीन उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश लागू भएपछि गत वैशाखमा पदमुक्त भएका थिए। त्यसपछि आयोगको नियमित काम प्रभावित बनेको भन्दै सरकारले संस्थापक उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई आयोगको जिम्मेवारी दिएको थियो ।
नयाँ उपाध्यक्ष नियुक्त भएसँगै चिकित्सा शिक्षा आयोगका नीति निर्माण, नियमन तथा प्रशासनिक कार्यहरू थप प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया