काठमाडौं—अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आइप्यानको साधारणसभाले सर्वसम्मत रुपमा केसीलाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा मिथिलेसकुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी चयन गरेको छ ।
कार्यसमिति सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल चयन भएका छन् । कार्यसमिति सल्लाहकार पंकज जलान र समीर थापा चयन भएका छन् ।
आइप्यानमा ८६ वटा कलेज आवद्ध छन् । विदेशी विश्वविद्यालयका डिग्री अध्यापन गराउने ती कलेजमा २८ हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
अध्यक्षमा चयन भएका केसी थापागाउँस्थित प्रेसिडेन्सियल विजनेशन स्कुलका संस्थापक हुन् ।
ताजा अपडेट
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया