उपत्यकाव्यापी विद्यालय स्तरीय नृत्य प्रतियोगितामा माउण्ट ग्लोरी पहिलो हुँदा मनास्लु दोस्रो
काठमाडौँ । उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँ जिल्लाको आयोजनामा आयोजित प्रतियोगितामा माउण्ट ग्लोरीले प्रथम स्थान हासिल गरेको हो ।
यसैगरी दोस्रो स्थान चुच्चेपाटीस्थित रहेको मनास्लु वर्ल्ड स्कुलले हात पारेको छ ।
त्यस्तै विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगीले समेत ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
पाँचौँ संस्करणको उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी बताए ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया