आइ.एस.एम.टीका विद्यार्थीले सञ्चालनमा ल्याए इकमर्स साइट जताततै डटकम
काठमाडौं-आइ.एस.एम.टीका विद्यार्थीहरुले इकमर्स सपिङ साइट जताततै डटकम सञ्चालनमा ल्याएका छन् । प्रतिस्पर्धामा रहेका अनलाइन सपिङ साइटहरुभन्दा भिन्न इनोभेटिभलाई मुलमन्त्र बनाएर अनलाइन सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएका छन् ।
विश्व बजारमा नयाँ प्रविधी भित्रिएलगतै हातहातमा पुर्याउने उद्देश्य लिएर आइएसएमटी कलेजमा बिएस्सी आइटी सेकेण्ड सेमेस्टरमा अध्ययनरत चार जना विद्यार्थीहरु रेशमकुमार खडका, पृथक आचार्य, सरोज ओझा र नरेन्द्र शाहीले संयुक्त रुपमा जताततै अनलाइन प्राइभेट लिमिटेड अन्तर्गत जताततै डटकम सञ्चालनमा ल्याएका हुन् ।
‘बजारमा अहिले धेरै अनलाइन सपिङ साइटहरु सञ्चालनमा छन्,’ संस्थापक रेशम खडकाले एजुकेशन समाचारसँग कुरा गर्दै भने, ‘हामीले युनिकनेश र इनोभेटिभ कुरालाई समेटेर केही फरक र भिन्न सपिङ साइट सञ्चालनमा ल्याएका हौं ।’
जताततैले अन्य इकमर्स साइटहरुभन्दा भिन्न रुपमा आफूलाई उभ्याउने पनि उनले बताए । ‘अरु सबै इकमर्स साइटहरु क्लासिफाइड टाइपका छन्,’ खडकाले भने, ‘हामी ती सबैभन्दा भिन्न रुपबाट काम गर्नेछौं ।’ उनले आफूहरुले ब्रोकरको भूमिकामा रहेका अहिले सञ्चालन भइरहेका रहेका सपिङ साइटहरुजस्तो नभएको बताए ।
अहिले इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा बढी केन्द्रीत रहेको यो अनलाइन चाडै अन्य प्रोडक्टहरु पनि थप्ने तयारी गरिरहेको छ । कम्पनीले विश्वबजारमा नयाँ प्रोडक्टहरु भित्रिने बितिकै त्यसलाई चाडै नेपाली बजारमा ल्याउने प्रयास गर्ने जनाएको छ । ‘अहिले विश्वबजारमा नयाँ प्रोडक्ट आएको महिनौंपछि मात्र काठमाडौंमा उक्त प्रोडक्ट आइपुग्छ,’ खडकाले थपे, ‘हामी यसलाई ब्रेक गर्दै केही दिनमै त्यो प्रोडक्ट ग्राहकको हातमा पुर्याउने तयारीमा छौं ।’
उनले अरु इकर्म साइटहरुले फाइदा लिएर कम्पनी र ग्राहकका बीचमा ब्रोकरको काम गरिरहेको बताउँदैं आफूहरुले त्यस्तो नगर्ने बताए । जताततै डटकमले सस्तो र कम मार्जिन फाइदा लिएर ग्राहकलाई सामान उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
वेबसाईटको लागि यहाँ क्लिक गर्नुहोस जताततै ड्ट कम
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया