आइ.एस.एम.टीका विद्यार्थीले सञ्चालनमा ल्याए इकमर्स साइट जताततै डटकम
काठमाडौं-आइ.एस.एम.टीका विद्यार्थीहरुले इकमर्स सपिङ साइट जताततै डटकम सञ्चालनमा ल्याएका छन् । प्रतिस्पर्धामा रहेका अनलाइन सपिङ साइटहरुभन्दा भिन्न इनोभेटिभलाई मुलमन्त्र बनाएर अनलाइन सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएका छन् ।
विश्व बजारमा नयाँ प्रविधी भित्रिएलगतै हातहातमा पुर्याउने उद्देश्य लिएर आइएसएमटी कलेजमा बिएस्सी आइटी सेकेण्ड सेमेस्टरमा अध्ययनरत चार जना विद्यार्थीहरु रेशमकुमार खडका, पृथक आचार्य, सरोज ओझा र नरेन्द्र शाहीले संयुक्त रुपमा जताततै अनलाइन प्राइभेट लिमिटेड अन्तर्गत जताततै डटकम सञ्चालनमा ल्याएका हुन् ।
‘बजारमा अहिले धेरै अनलाइन सपिङ साइटहरु सञ्चालनमा छन्,’ संस्थापक रेशम खडकाले एजुकेशन समाचारसँग कुरा गर्दै भने, ‘हामीले युनिकनेश र इनोभेटिभ कुरालाई समेटेर केही फरक र भिन्न सपिङ साइट सञ्चालनमा ल्याएका हौं ।’
जताततैले अन्य इकमर्स साइटहरुभन्दा भिन्न रुपमा आफूलाई उभ्याउने पनि उनले बताए । ‘अरु सबै इकमर्स साइटहरु क्लासिफाइड टाइपका छन्,’ खडकाले भने, ‘हामी ती सबैभन्दा भिन्न रुपबाट काम गर्नेछौं ।’ उनले आफूहरुले ब्रोकरको भूमिकामा रहेका अहिले सञ्चालन भइरहेका रहेका सपिङ साइटहरुजस्तो नभएको बताए ।
अहिले इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा बढी केन्द्रीत रहेको यो अनलाइन चाडै अन्य प्रोडक्टहरु पनि थप्ने तयारी गरिरहेको छ । कम्पनीले विश्वबजारमा नयाँ प्रोडक्टहरु भित्रिने बितिकै त्यसलाई चाडै नेपाली बजारमा ल्याउने प्रयास गर्ने जनाएको छ । ‘अहिले विश्वबजारमा नयाँ प्रोडक्ट आएको महिनौंपछि मात्र काठमाडौंमा उक्त प्रोडक्ट आइपुग्छ,’ खडकाले थपे, ‘हामी यसलाई ब्रेक गर्दै केही दिनमै त्यो प्रोडक्ट ग्राहकको हातमा पुर्याउने तयारीमा छौं ।’
उनले अरु इकर्म साइटहरुले फाइदा लिएर कम्पनी र ग्राहकका बीचमा ब्रोकरको काम गरिरहेको बताउँदैं आफूहरुले त्यस्तो नगर्ने बताए । जताततै डटकमले सस्तो र कम मार्जिन फाइदा लिएर ग्राहकलाई सामान उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
वेबसाईटको लागि यहाँ क्लिक गर्नुहोस जताततै ड्ट कम
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया