नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।
शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् ।
शाखाले प्राप्त गरेको २०८० वैशाखदेखि २०८० चैत मसान्तसम्म रिक्त भएको वा हुने मावि, निमावि र प्रावि तहको विवरण शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ ।
शाखाले बुधबार सूचना जारी गर्दै भनेको छ ‘शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध छ ।’
साथै, रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लाहरुलाई पनि आगामी बुधबारभित्र पठाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र संशोधित विवरण नआए सोही विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोग पठाउने समेत शाखाले जनाएको छ ।
ताजा अपडेट
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?








तपाईको प्रतिक्रिया