निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार लाइसेन्सको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले निमावि तहका शिक्षक अध्यापन अनुमति पत्रका लागि गत साउन ११ गते सूचना प्रकाशित गरेको थियो । सोही अनुसार गत कात्तिक १८ गते भएको परीक्षाको आज नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा त्तीर्ण गरेका छन् ।
कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् ।
त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् ।
बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए । जसमा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण भएका छन् ।
लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण भएका थिए ।
आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरेको थियो ।
परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन समय दिएको छ । अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि भने विवरण सच्याउन नपाइने आयोगले जनाएको छ ।
परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।
नतिजा शिक्षक सेवा आयोगको वेवसाइटमा हेर्न सकिने जनाएको छ । त्यसैगरी, एसएमएसमार्फत पनि नतिजा हेर्न सकिने आयोगले जनाएको छ ।
कसरी हेर्ने नतिजा ?
मोबालको म्यासेज बक्समा गएर TSCL space type 11 digit Roll number टाइप गरेर ३१००७ मा म्यासेज गर्नुपर्ने छ । जस्तै उदाहरणका लागि सुदूरपश्चिम प्रदेशको रोल नम्बर ४०७२००२५८७९ को नतिजा हेर्न TSCL ४०७२००२५८७९ टाइप गरी ३१००७ मा म्यासेज गर्नुपर्नेछ ।
ताजा अपडेट
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
- कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया