एमबीबीएस पढ्न गाउँपालिकाले १५ लाख रुपैयाँ दिने
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
“चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष चौलागाईंले भने, “पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।” एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ ।
एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।
गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शय्या अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागिसम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताइन् ।
एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रममा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
ताजा अपडेट
- शिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति
- काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी
- १६ जना ४ जीपीए होल्डरसहित रिलायन्सका १०१ जना एसईई उत्तीर्ण विद्यार्थी सम्मानित
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया