महानगरले सच्यायो छात्रवृत्तिको नतिजा, यस्तो छ अन्तिम सूचि
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिको नतिजा सच्याएको छ । महानगरले गत साउन २९ गते सार्वजनिक गरेको भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदनका आधारमा नतिजालाई सच्याएर पुन सार्वजनिक गरेको हो ।
‘प्रथम भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदन उपर कारवाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहित प्रथम भर्ना सूचि सार्वजनिक गरिएको छ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
त्यसैले अब नयाँ भर्ना तालिकाअनुसार भर्ना हुन महानगरले विद्यार्थीहरुलाई आग्रह गरेको छ । प्रथम चरणको भर्ना सूचिमा नाम भएका विद्यार्थीले साउन ३२ गतेदेखि भदौ ३ गतेसम्म भर्ना गर्न सक्नेछन् ।
यसैगरी, दोस्रो भर्ना सूचि भदौ ५ गते सार्वजनिक गर्ने महानगरले जनाएको छ । दोस्रो भर्ना सूचिमा नाम निस्किएका विद्यार्थीले भदौ ८ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ ।
महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरेको थियो ।
हेर्नुहाेस् नतिजा

ताजा अपडेट
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
- इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
- शिक्षकको तलबभत्ता अपुग भए तत्काल बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
- त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा
- ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
- ८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया