Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठअपरचुनिटी/स्कलरसीपमहानगरले सच्यायो छात्रवृत्तिको नतिजा, यस्तो छ अन्तिम सूचि

महानगरले सच्यायो छात्रवृत्तिको नतिजा, यस्तो छ अन्तिम सूचि


काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिको नतिजा सच्याएको छ । महानगरले गत साउन २९ गते सार्वजनिक गरेको भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदनका आधारमा नतिजालाई सच्याएर पुन सार्वजनिक गरेको हो ।

‘प्रथम भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदन उपर कारवाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहित प्रथम भर्ना सूचि सार्वजनिक गरिएको छ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

त्यसैले अब नयाँ भर्ना तालिकाअनुसार भर्ना हुन महानगरले विद्यार्थीहरुलाई आग्रह गरेको छ । प्रथम चरणको भर्ना सूचिमा नाम भएका विद्यार्थीले साउन ३२ गतेदेखि भदौ ३ गतेसम्म भर्ना गर्न सक्नेछन् ।

यसैगरी, दोस्रो भर्ना सूचि भदौ ५ गते सार्वजनिक गर्ने महानगरले जनाएको छ । दोस्रो भर्ना सूचिमा नाम निस्किएका विद्यार्थीले भदौ ८ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ ।

महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरेको थियो  ।

हेर्नुहाेस् नतिजा

 



तपाईको प्रतिक्रिया