Techie IT
  • आईतबार, वैशाख १६, २०८१ / Sunday, April 28, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठस्पेशलनेपालका २० अब्बल माविहरू

समाचार

नेपालका २० अब्बल माविहरू


काठमाडाैं । मुलुकभर कक्षा ११ र १२ को अध्यापन गराउने ८ हजार ८ सय ६ मावि छन् । राष्ट्रिय परीक्षा बोर्डले पछिल्ला वर्षहरुमा परीक्षा प्रणालीमा नयाँपन दिदैं आएको छ । केही वर्षयता ग्रेडिङ प्रणालीमा रिजल्ट प्रकाशित गरिरहेको वोर्डले वि.सं. २०७९ को रिजल्टमा ‘नन ग्रेडिङ प्रणाली’ लागु गरेको छ । कक्षा ११ को परीक्षा माविहरुलाई आन्तरिक रुपमै संचालन गर्ने अधिकार दिइएको छ भने १२ कक्षाको परीक्षा मात्रै वोर्डले संचालन गर्छ ।

‘नन ग्रेडिङ प्रणाली’ लागु गरेपछि राष्ट्रिय परीक्षा बोर्ड लिने कक्षा १२ को रिजल्टलाई अब्बल माविहरु छनोटको प्रमुख आधारमा बनाइएको छ । रिजल्टसँगै ५ सय बढी विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष, पिपुल्स पर्सेप्सन अब्बल माविहरु छनोटका आधार हुन् ।

नतिजाको तथ्यांक राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित ‘नतिजा सम्बन्धि एक झलक (२०७५–२०७९)’ का आधारमा लिइएको हो । कक्षा ११ को परीक्षा होम सेन्टर अवधारणामा कलेजमै हुने भएकाले आन्तरिक मुल्यांकनमा आधारित छ । बोर्डले प्रकाशित गरेको वि.सं. २०७९ को कक्षा १२ को बोर्ड परीक्षामा न्युनतम ५०० विद्यार्थी रहेका माविहरुलाई लिइएको छ । कक्षा १२ मा ५ सय बढी परीक्षार्थी रहेका माविहरुको संख्या ८० थियो । कक्षा १२ मा ५ सयभन्दा कम विद्यार्थी बोर्डको परीक्षामा सहभागी गराएका माविहरु यो मापदण्डमा परेका छैनन् ।

ती ८० माविबाट कक्षा १२ को नतिजामा ‘३.६१–४ जीपीएदेखि १.६१–२ जीपीएस’ ल्याउने विद्यार्थीहरू यो मुल्यांकनको प्रमुख आधार हुन् । समग्र विद्यार्थीबाट ‘नन ग्रेडिङ’ ल्याउने (जसलाई बोर्डले ट्रान्सक्रिप्ट दिदैंन)हरूलाई घटाएपछि प्राप्त संख्याबाट नै प्रत्येक माविको कक्षा १२ को नतिजा प्रतिशतमा निकालिएको हो । रिजल्ट प्रतिशतमा निकाल्दा पास भएका विद्यार्थीको संख्यालाई जम्मा विद्यार्थी संख्याले भाग गरेर त्यसलाई १०० ले गुणन गरिएको छ ।

सुरुमा ५ सय बढी विद्यार्थीलाई पहिलो मापदण्ड बनाइयो । त्यसबाट सर्टलिष्ट गरेर आएका ८० माविहरुमध्ये उत्कृष्ट रिजल्ट ल्याएका टप ट्वान्टीमा अब्बल माविहरु छनोट गरियो । टप ट्वान्टीमा रहेका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय परीक्षा बोर्ड (पहिले एचएसबी)ले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र पिपुल्स पर्सेप्सनमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४–४ प्रतिशत मार्किङ गरेर सबै जोडेर एग्रीगेडमा अब्बल माविको सूची तयार पारिएको हो । त्यही एग्रीगेडमा प्राप्त प्रतिशतका आधारमा टप ट्वान्टी माविको सूची तयार पारिएको हो ।

भिडियाे :

१. प्रसादी एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

अब्बल माविमा सधैं पहिलो नम्बरमा रहँदैं आएको ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी यस पटक पनि अब्बल माविको सूचीमा पहिलो नम्बरमै छ । निरन्तर अब्बल माविमा टिकिरहनुको प्रमुख कारण प्रसादीको ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को नीति भएको माविका प्राचार्य विक्रम राई बताउँछन् । प्रसादी नेपालभरका माविहरुमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल छ । सिमित भर्ना, अनुभवी शिक्षकबाट पठनपाठन र विद्यार्थीको शैक्षिक उन्नयमा बढी फोकस हुनुसँग प्रसादीको सफलताको जोडिएको छ । विद्यार्थीमैत्री वातावरण, अनुशासनजस्ता कुराहरुले पनि प्रसादीको नतिजालाई सधैं अब्बल बनाउन भूमिका खेलेका छन् । २६ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार चार पटक उत्कृष्ट उच्च माविको पुरस्कार पाएको छ ।

सिट संख्या
विज्ञान : ७ सय
व्यवस्थापन : १ सय

शुल्क
विज्ञान
पहिलो स्टलमेन्टः ५५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः ३५ हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः ३० हजार रुपैयाँ
चौथो स्टलमेन्टः २५ हजार रुपैयाँ

व्यवस्थापन
पहिलो स्टलमेन्टः ३५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः २० हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः १९ हजार रुपैयाँ
चौथो स्टलमेन्टः १५ हजार रुपैयाँ

२. सेन्ट जेभियर्स, काठमाडौं

कक्षा ११ र १२ अध्यनका लागि विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइमा पर्ने मावि हो–माइतीघरस्थित सेन्ट जेभियर्स मावि । विज्ञान संकाय मात्र पढाइ हुने यो कलेजले बायोलोजी पढाइको वातावरण, कम विदा, उच्चस्तरका फ्याकल्टीजस्ता कारणले अब्बल बनाएको छ । आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा हुने परीक्षाले पनि विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने गर्छ । पाठ्यक्रममा विषयवस्तुका अलावा अतिरिक्त क्रियाकलापमा पनि सेन्ट जेभियर्सले उत्तिकै जोड दिदैं आएको छ । १४ वर्षदेखि ११ र १२ कक्षालाई अध्यापन गराउने कान्छो अब्बल मावि भएपनि सेन्ट जेभियर्सले राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान : ५ सय ४
(बायोलोजी : ३ सय ३६/फिजिक्स : १ सय ६८)

वार्षिक शुल्क

१ लाख ४५ हजार रुपैयाँ

३. भिएस निकेतन सेकेण्डरी स्कुल, काठमाडौं

काठमाडौंस्थित भिएस निकेतन सेकण्डरी स्कुल पनि नेपालको अब्बल माविभित्र पर्छ । २०६५ सालमा उत्कृष्ट माविको पुरस्कारसमेत पाएको यस विद्यालयले हरेक वर्ष अब्बल नतिजा ल्याएर आफूलाई स्थापित गर्दै आएको छ । शान्त वातावरण, दक्ष शिक्षक शिक्षिका अनि कुशल व्यवस्थापन नै भिएसको उत्कृष्ट नतिजाको कारक रहेको प्रिन्सिपल संगीता श्रेष्ठ बताउँछिन् । यसैगरी हरेक हप्ता हुने सिकाई उपलब्धि मूल्यांकनले शिक्षक र विद्यार्थीको ज्ञान र क्षमतामा निखारता ल्याउँदै आएको छ । त्यस्तै, स्कुलमा भएका विभिन्न क्लबले गर्ने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरिरहेको छ । जस्तै, भिएस इनोभेटर क्लब, भिएस लिट्रेचर क्लब, भिएस आइटी क्लब र भिएस रोबोटिक्स क्लबले विद्यार्थीलाई सूचना प्रविधिका क्षेत्रका नयाँ आयाम पकड्न सहज बनाएको श्रेष्ठको दाबी छ । २०६१ सालबाट कक्षा ११ र १२ को अध्यापन थालेको भिएसले वि.सं. २०६५ सालमा उत्कृष्ट माविको राष्ट्रिय पुरस्कार पाएको छ ।

सिट संख्या
विज्ञान : ४००
म्यानेजमेन्ट :४००

वार्षिक शुल्क
विज्ञान : १ लाख २० हजार रुपैयाँ(ल्याब शुल्कबाहेक)
व्यवस्थापन : १ लाख १० हजार रुपैयाँ (ल्याब शुल्कबाहेक)

४. रिलायन्स इन्टरनेशनल एकेडेमी

काठमाडौं सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल स्कुल पनि उत्कृष्ट मावि अन्तर्गत पर्छ । २०६० सालमा स्थापित यस स्कुलको अब्बल नतिजाको कारण यहाँको दक्ष शिक्षक र कुशल व्यवस्थापक नै हो । यसका साथै, विद्यार्थीहरुलाई केन्द्रमा राखेर कक्षाहरु लिने भएकाले रिलायन्सले उत्कृष्ट नतिजा दिदैं आएको प्रिन्सिपल रविन्द्रजंग थापा बताउँछन् । विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा काउन्सिल गर्ने, समस्या चिन्ने र बुझ्ने खालको वातावरण निर्माण गर्दै आएको रिलायन्सले अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ । ‘हामीले विद्यार्थीको क्षमता पहिचान गरेर अतिरिक्त कक्षाहरु पनि सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘कमजोर विद्यार्थीहरुलाई बेग्लै राखेर कक्षा लिन्छौँ, राम्रा विद्यार्थीलाई अझै राम्रो बनाउनका लागि समुहगत छलफल गराउँछौँ ।’ यसैगरी, पठनपाठनमा सहयोग हुने अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको रिलायन्सले त्यसलाई पनि नतिजाको अब्बल कारण मान्दै आएको छ । ‘हामी पढाईका साथै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएका छौँ,’ उनले भने, ‘आउटडोर प्रोजेक्ट वर्क, भिजिटिङ क्लास, को–करिकुलम एक्टिभिटिज गर्दै आएका छोँ ।’ यसैगरी, रिलायन्सले २ पटक उत्कृष्ट माविको पुरस्कारसमेत प्राप्त गरेको छ ।

सिट संख्या
विज्ञान : ३२०
म्यानेजमेन्ट : ६४०
मानविकी : ४०

भर्ना शुल्क
विज्ञान : १३ हजार रुपैयाँ
व्यवस्थापन : ११ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ६ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ५ हजार ५ सय रुपैयाँ

५. साउथ वेष्टर्न स्टेट सेकेण्डरी स्कुल, काठमाडौं

घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको साउथ वेस्टर्न स्टेट मावि विद्यार्थी भर्नामा विशेष होसियारी अपनाउँछ । मेहनती विद्यार्थीको मुल्यांकन गरेरमात्र भर्ना लिने भएकाले अहिलेसम्म राम्रो नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र केसी बताउँछन् । ‘विद्यार्थीको पढाइमात्र होइन्, करियर काउन्सिलिङलगायतका कुराहरु विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘विद्यार्थीलाई घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएका छौं ।’

विगत १२ वर्षयता कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनअन्तर्गत विषयका कक्षा सञ्चालन गराउँदै आएको छ । यसैगरी, यस विद्यालयले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम तथा गोष्टीहरुमा समेत समावेश गराउँदै आएको छ । साउथ वेस्टर्न स्टेट माविले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञानः ४००
व्यवस्थापनः १००
मानविकीः ४०
कानुनः ४०

भर्ना शुल्क
विज्ञानः २३ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः २५ हजार ५ सय रुपैयाँ
मानविकीः २० हजार रुपैयाँ
कानुनः २० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ८ हजार ८ सय रुपैयाँ
व्यवस्थापनः ७ हजार ८ सय रुपैयाँ
मानविकीः ६ हजार रुपैयाँ
कानुनः ६ हजार ५ सय रुपैयाँ

अन्य शुल्क
विज्ञानः २४ हजार रुपैयाँ
व्यवस्थापनः १८ हजार रुपैयाँ
मानविकीः १३ हजार रुपैयाँ
कानुनः १८ हजार रुपैयाँ

६. टेक्सास इन्टरनेशल स्कुल, काठमाडौं

नतिजाका हिसाबले अब्बल माविमा हो मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल स्कुल । वि.सं. २०७१ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ । विद्यार्थीको नतिजामा केन्द्रीत रहेर पठनपाठन हुने टेक्सासको राम्रो नतिजाको मुख्य कारण पनि यही हो । त्यसैले पनि टेक्सासलाई अब्बल मावि बनाएको माविका प्रिन्सिपल श्याम श्रेष्ठ बताउँछन् । ‘शिक्षक, विद्यार्थी र व्यवस्थापनको साझा प्रयास नै हाम्रो अब्बल नतिजाको मुख्य कारण हो’ श्रेष्ठ भन्छन्, अभिभावकहरुको प्रेरणाले पनि यसमा काम गरेको छ । १४ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको टेक्सासले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान : ७ सय २०
व्यवस्थापन : ७ सय २०
मानविकी : १ सय २०
कानुन : ४५

भर्ना शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १२ हजार रुपैयाँ
मानविकीः १० हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ५ हजार रुपैयाँ
व्यवस्थापनः ४ हजार ५ सय रुपैयाँ
मानविकीः ३ हजार ५ सय रुपैयाँ
कानुनः ३ हजार ५ सय रुपैयाँ

७. नेशनल इन्फोटेक सेकेण्डरी स्कुल

मोफसलका माविहरुमा पर्साको नेशनल इन्फोटेक सेकेण्डरी स्कुलले निरन्तर अब्बल नतिजा दिदैं आएको छ । वि.सं. २०६० सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयमा एकल संकाय मात्र पढाइ हुन्छ । पछिल्ला ६ वर्षदेखि निरन्तर पर्सा जिल्ला टप गर्दै आएको यो विद्यालयमा अन्य विद्यालयको भन्दा फरक ढंगबाट पढाइ हुन्छ ।

विज्ञानमा मात्रै फोकस भएकाले आफूहरुले निरन्तर अब्बल नतिजा दिन सकेको कलेजका प्रिन्सिपल मनिष सिंह बताउँछन् । हामी विज्ञानमा मात्रै फोकस छौं, उनी भन्छन्, प्रिकोचिड क्लाल विद्यार्थीको पर्फर्मेन्सलाई आधार मानेर गराइरहेका हुन्छौं । स्टुडेन्ट पर्फर्मेन्स केन्द्रीत गरेर पढाइ गर्ने, हरेक हप्ता टेष्ट गर्नेलगायतका कारण विद्यालय अब्बल बन्न सकेको हो । व्यक्तिगत रुपमा विद्यार्थीलाई हेरेर उसको मुल्यांकनका आधारमा शिक्षक र पढाइ केन्द्रीत गर्ने स्कुलले गर्दै आएको छ । त्यसबाहेक स्कुलले प्रि मेडिकल र प्रि इन्जिनिरिंगका कक्षाहरु प्नि ११ कक्षाबाटै सुरु गर्ने गरेको सिंह बताउँछन् ।

सिट संख्या
विज्ञान : ५ सय ५०

वार्षिक शुल्क
विज्ञान : ९० हजार रुपैयाँ

८. ग्लोबल कलेज अफ म्यानेजमेन्ट

निरन्तर राष्ट्रिय परीक्षा बोर्डको नतिजामा अब्बलता प्रदर्शन गर्दै आएको यो कलेजले अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधीहरुको सुन्दर संयोजनलाई आफ्नो अब्बलताको कारण बनाएको छ । ‘हामीले पढाइका साथसाथै सीसीए र ईसीएलाई गज्जबले संयोजन गरेर लगेका छौं,’ कलेजका प्रिन्सिपल अब्बादत्त जोशीले भने, ‘हाम्रो स्ट्रेन्थ नै यही हो ।’ गत वर्षदेखि विज्ञान संकायमा पनि अध्ययन गराइरहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टको १६ रोपनी जग्गामा आफ्नै अत्याधुनिक संरचनामा कलेज छ । १४ वर्षदेखि कक्षा ११ र १२ मा अध्यापन गराइरहेको ग्लोबलले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
व्यवस्थापन : ९ सय
विज्ञान : ६ सय

भर्ना शुल्क
व्यवस्थापनः २० हजार रुपैयाँ
विज्ञानः २० हजार रुपैयाँ

मासिक शुल्क
व्यवस्थापनः १२ हजार रुपैयाँ
विज्ञान : १२ हजार रुपैयाँ

अन्य शुल्क
व्यवस्थापनः ९० हजार रुपैयाँ
विज्ञानः १ लाख ५ हजार रुपैयाँ

९. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल ललितपुर

लगनखेलस्थित पिनाकल एकेडेमी विधार्थीहरुलाई समग्रतामा भन्दा उसको विशेषता र क्षमताका आधारमा प्रशिक्षित गर्छ । यही कारण पिनाकल एकेडेमी अब्बल माविहरुमा पर्छ । वि.सं. २०५५ सालबाट कक्षा ११ र १२ को अध्ययन सुरु गरेको पिनाकलले अहिले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय पढाउँदैं गराउँदैं आएको छ ।

‘शिक्षण टिम र व्यवस्थापनको डेडिकेसन नै हाम्रो अब्बल नतिजाको कारण हो,’ कलेजका प्रिन्सिपल डा. ऋषि तिवारी भन्छन्, ‘विद्यार्थीहरुलाई समग्रतामा भन्दा पनि हामी व्यक्तिगत रुपमा हेर्छौ । कुन विद्यार्थी केमा कमजोर छ, त्यही आधारमा उसलाई तयार गर्न समय खर्चन्छौं ।’ त्यसलाई पिनाकलले स्कील्ड वेस एजुकेसनमा जोड दिइरहेको उनले जानकारी दिए । २५ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको पिनाकलले एक पटक उत्कृष्ट माविको पुरस्कार जितेको छ ।

सिट संख्या
विज्ञान : २ सय ७५
व्यवस्थापन : ४ सय
मानविकी : ४५
कानुनः ४५

भर्ना शुल्कः
विज्ञान : २० हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ
मानविकीः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ५ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ५ हजार रुपैयाँ
मानविकी : ५ हजार रुपैयाँ
कानुनः ५ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान : ३० हजार रुपैयाँ
व्यवस्थापन : २१ हजार रुपैयाँ
मानविकीः ६ हजार रुपैयाँ
कानुनः ६ हजार रुपैयाँ

१०. ज्ञानज्योती सेकेण्डरी स्कुल, दाङ

दाङको तुलसीपुस्थित ज्ञान ज्योती सेकेण्डरी स्कुल मोफसलका प्रमुख अब्बल माविहरुमा पर्छ । लुम्बिनी प्रदेशबाट निरन्तर अब्बल नतिजा दिइरहेको ज्ञान ज्योतीको सफलताका पछाडि यसको कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमतामा प्रस्फुटनमा जोड दिनुजस्ता कारणहरु रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसी बताउँछन् ।

सुविधासम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री शान्त वातावरण, स्तरीय ल्याब तथा लाइब्रेरी यस विद्यालयका थप विशेषता हुन् । अतिरिक्त क्रियाकलापमामा पनि जोड दिदैं आएको यो माविलाई २०६७ सालमा शिक्षा मन्त्रालयले उत्कृष्ट माविको पुरस्कारसमेत प्रदान गरेकाे थियाे । वि.सं. २०६५ सालबाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुन्छ ।

सिट संख्या
विज्ञान : २ सय ३०
व्यवस्थापन : ६ सय २०
मानविकी : ४०
शिक्षा : ४०
कानुन : ४५

भर्ना शुल्क
विज्ञान : १२ हजार रुपैयाँ
व्यवस्थापन : ८ हजार रुपैयाँ
मानविकी : ४ हजार रुपैयाँ
शिक्षा : ४ हजार रुपैयाँ
कानुन : १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ३ हजार ८ सय रुपैयाँ
व्यवस्थापन : ३ हजार २ सय रुपैयाँ
मानविकी : २ हजार ४ सय रुपैयाँ
कानुन : २ हजार ६ सय रुपैयाँ
शिक्षा : २ हजार ४ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञान : २२ हजार रुपैयाँ
व्यवस्थापन : १३ हजार ५ सय रुपैयाँ
मानविकी : ८ हजार रुपैयाँ
कानुन : १० हजार रुपैयाँ
शिक्षा : ८ हजार रुपैयाँ

११. सेन्ट लरेन्स सेकेण्डरी स्कुल

चावहिलस्थित सेन्ट लरेन्स स्कुलको अब्बल नतिजाको प्रमुख कारण विद्यार्थीको ‘केयरिङ’ र उत्कृष्ट शैक्षिक वातावरण नै हो । २५ वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन पढाइ हुने सेन्ट लरेन्स उत्कृष्ट मावि हो ।

‘शान्त र अनुशासित वातावरण हाम्रो सफलताको प्रमुख कारण हो,’ स्कुलका अध्यक्ष केशव दंगाल भन्छन्, ‘अब्बल व्यवस्थापन, अनुभवी शिक्षकका हाम्रा स्ट्रेन्थ हुन् ।’ विद्यार्थीको मासिक मूल्यांकन, होमवर्क चेक, विद्यार्थीलाई पर्याप्त समय दिने सशक्त टिम, आधुनिक प्रयोगशाला लगायतका कुराले सेन्ट लरेन्सलाई अब्बल बनाएको छ । २६ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको सेन्ट लरेन्सले आफूलाई उत्कृष्ट माविको रुपमा स्थापित गर्दै आएको छ ।

सिट संख्या
विज्ञान : ४ सय ८०
व्यवस्थापन : ४ सय ८०
मानविकी : ४०
कानुन : ४०

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
मानविकी : १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ५ हजार रुपैयाँ
व्यवस्थापन : ४ हजार रुपैयाँ
मानविकी : ४ हजार रुपैयाँ
कानुन : ४ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञान : २५ हजार रुपैयाँ
व्यवस्थापन : २५ हजार रुपैयाँ
मानविकी : २५ हजार रुपैयाँ
कानुन : २५ हजार रुपैयाँ

१२. काठमाडौं मोडल सेकेण्डरी स्कुल

काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल सेकेण्डरी स्कुलले पनि विगत लामो समयदेखि उत्कृष्ट माविको सूचीमा आफूलाई दर्ज गर्दै आएको छ । गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुभवी र योग्य शिक्षकलगायतका कुराले अब्बल बनाएको प्रिन्सिपल डा. नगेन्द्र अर्याल बताउँछन् । ‘सक्षम व्यवस्थापकीय पक्ष, समय सान्दर्भिक भौतिक पूर्वाधार एवं शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि मल्टिमिडिया प्रणाली प्रयोग गरिएको छ,’ अर्यालले भने ।

विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो माविको सफलताको रहस्य हो । २४ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको काठमाडौं मोडेल सेकेण्डरी स्कुलले २ पटक उत्कृष्ट माविको पुरस्कार हात पारेको छ । नेपालमा एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल माविमा पनि केएमसी पर्छ । साथै, अतिरिक्त क्रियाकलापमा समेत प्राथमिकतामा राख्दै आएको केएमसीले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा समेत विशेष ध्यान दिँदै आएको छ ।

सिट संख्या
विज्ञान : १ हजार ५ सय
व्यवस्थापन : ४ सय
मानविकी : ५०
कानुन : ५०

भर्ना शुल्क
विज्ञान : ५७ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ४२ हजार ५ सय रुपैयाँ
मानविकी : ४२ हजार ५ सय रुपैयाँ
कानुन : ४२ हजार ५ सय रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ८ हजार ८ सय रुपैयाँ
व्यवस्थापनः ६ हजार रुपैयाँ,
मानविकीः ६ हजार रुपैयाँ,
कानुनः ६ हजार रुपैयाँ

अन्य शुल्क 
विज्ञान : २० हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार
मानविकी : १५ हजार रुपैयाँ
कानुन : १५ हजार रुपैयाँ

१३. अरनिको आवासीय सेकेण्डरी स्कुल मोरङ

अरनिको आवासीय सेकेण्डरी स्कुल मोसफलको भएपनि पूर्वी नेपालको अब्बल मावि हो । मोरंगस्थित यो माविले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ । अरनिको आवासीय माविमा विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । माविका प्रिन्सिपल राजेश कार्की शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताउँछन् । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो’ कार्की भन्छन् । एक्स्टा परीक्षा, प्रि मेडिकल र प्रि इन्जिनियरिंग कक्षाहरु पनि माविले संचालन गर्दै आएको छ । २४ वर्षदेखि ११ र १२ कक्षाको अध्यापन गराइरहेको पूर्वी क्षेत्रको उच्च माविका रुपमा रहेको अरनिकोको आफ्नै विशेष पहिचान छ ।

सिट संख्या
विज्ञान : ७ सय
व्यवस्थापन : १ सय २०

मासिक शुल्क
विज्ञान : ६ हजार रुपैयाँ
व्यवस्थापन : ३ हजार ५ सय ५० रुपैयाँ

अन्य शुल्क
विज्ञान : ३५ हजार रुपैयाँ
व्यवस्थापन : २५ हजार रुपैयाँ

१४. युनिग्लोब सेकेण्डरी स्कुल, काठमाडौं

विद्यार्थी मेहनत, शिक्षक, कलेज र अभिभावकको योगदानको समिश्रण नै युनिग्लोब सेकेण्डरी स्कुलको सफलताको राज हो । वि.सं. २०७१ सालबाट प्लस टु पढाइ सुरु गरेको युनिग्लोबमा विज्ञान, व्यवस्थापन र कानुन तीन वटा संकाय पढाइ हुन्छ ।

छोटो अवधिमै माविलाई तीन प्रमुख विशेषज्ञताका कारण अब्बल माविका रुपमा स्थापित गरेको कलेजका कार्यकारी सहायक प्रिन्सिपल डा. गणेश रेग्मी बताउँछन् । ‘विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ विधी नै हाम्रो सफलताको कारण हो,’ डा. रेग्मी भन्छन्, ‘योग्य तथा अनुभवी शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासको लागि नियमित अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नाले हामीले यो सफलता पाएका हौं ।’ ९ वर्षदेखि ११ र १२ कक्षाको पढाइ गर्दै आएको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान : ६००
व्यवस्थापन : ६००
कानुनः ४५

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : १० हजार रुपैयाँ
व्यवस्थापन : १० हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान : ६० हजार रुपैयाँ
व्यवस्थापन : ६० हजार रुपैयाँ
कानुनः ६० हजार रुपैयाँ

१५. हिमालय ह्वाइट हाउस सेकेण्डरी स्कुल

हिमालय ह्वाइट हाउसले समयसँगै सिकाइमा नयाँपनलाई अवलम्बन गर्दै आएको छ । वि.सं. २०५८ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन अध्यापन हुन्छन् । प्राथमिकता नै विशिष्टीकरण केन्द्रीत गरेर लगिरहेको हिमालय ह्वाइट हाउसले उत्कृष्ट विद्यार्थीहरुलाई भर्नामा विशेष महत्व दिने गर्छ ।

‘विशिष्टीकृत प्राथमिकता, उत्कृष्ट शैक्षिक व्यवस्थापन र अनुभवी तथा तालिमप्राप्त शिक्षकहरु हाम्रो अब्बलताका प्रमुख तत्व हुन्,’ हिमालय ह्वाइट हाउसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज शर्मा भन्छन्, ‘हामीले शिक्षामा नयाँपन ल्याइरहेका छौं । प्रविधीमा बढी जोड दिइरहेका छौं ।’ इलर्निङदेखि एआईसम्ममा प्रविधीलाई विद्यार्थीको सिकाइसँगै जोडेर लगिरहेको उनले बताए । कक्षा ११ र १२ बाटै एमबीबीए र इन्जिनियरका तयारी कक्षा संचालन पनि गर्दै आएको माविले अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिदैं आएको छ । २३ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको हिमालय ह्वाइट हाउसले तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट २ पटक उत्कृष्ट माविको पुरस्कार पाएको छ ।

सिट संख्या
विज्ञान : ५ सय ५०
व्यवस्थापन : ३ सय
कानुन : ८०

वार्षिक शुल्क
विज्ञान : १ लाख २५ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख रुपैयाँ
कानुन : १ लाख रुपैयाँ

१६. हेराल्ड सेकेण्डरी स्कुल, काठमाडौं

हेराल्ड सेकेण्डरी स्कुल नतिजासँगै विद्यार्थीको व्यवहारिक सिकाइमा विशेष जोड दिने माविमा पर्छ । वि.सं. २०६३ सालबाट कक्षा ११ र १२ को पढाइ सुरु गरेको यो माविमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पढाइ हुन्छ । बसुन्धरास्थित माविको ११ र १२ कक्षाको कोर्डिनेटर मदन फुयाँल आफूहरु विद्यार्थीको प्रतिभा हेरेर उनीहरुको क्षमता विकासमा जोड दिने गरेको बताउँछन् ।

उनकाअनुसार उत्कृष्ट फ्याकल्टी, मेहनती विद्यार्थी, अतिरिक्त कक्षा, विज्ञहरुसँग अन्तरक्रिया, मोटिभेसन क्लासजस्ता क्रियाकलापले माविले अब्बल नतिजा निकाल्न सफल भएको बताउँछन् । ‘मेहनती विद्यार्थी, उत्कृष्ट शिक्षक, अत्याधुनिक प्रयोगशालाजस्ता कुराहरु हाम्रा सबल पक्ष हुन्,’ उनी भन्छन्, ‘हामी व्यवहारिक शिक्षामा विशेष ध्यान दिन्छौं । समय व्यवस्थापन, विषय विज्ञहरुसँग अन्तक्रिया, प्रयोगशालामा बढी समयजस्ता कुराहरुले हामीलाई अब्बल बनाएको हो ।’ १८ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञानः २ सय ४०
व्यवस्थापन : ७ सय
मानविकी : ८०

वार्षिक शुल्क
विज्ञानः ९० हजार रुपैयाँ
व्यवस्थापनः ७० हजार रुपैयाँ
मानविकीः ६० हजार रुपैयाँ

१७. मुनलाइट सेकेण्डरी स्कुल ललितपुर

ललितपुरस्थित कुमारीपाटीको मोलिस (मुनलाइट) सेकेण्डरी स्कुललाई सेलेक्टेड विद्यार्थी भर्ना, नियमित क्लास, अनुभवी शिक्षकहरुको टिमले अब्बल बनाएको छ । विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर माविले विभिन्न क्लबहरु समेत गठन गरेर अन्तक्रियालाई बढावा दिने काम गर्छ । सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको स्कुलका प्रिन्सिपल ईश्वर गुरुङले जानकारी दिए ।

‘यी सबै कुराहरुले हामीले निरन्तर अब्बल नतिजा ल्याउँदैं आएका छौं,’ उनले भने, ‘अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरणलगायतका नै हाम्रो अब्बलताको कारण हुन् ।’ १६ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको मुनलाइटका यस्तै विशेषताका कारण गत वर्षको कक्षा १२ को परीक्षामा देशभरका ४ जना विद्यार्थीले ३.९६ जीपीए ल्याउँदा मुनलाइटकी सर्वदा खत्रीले पनि ३.९६ जीपीए ल्याएर बोर्ड टपभित्र परेकी थिइन् ।

सिट संख्या 
विज्ञान : २००
व्यवस्थापन : ४००

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ५ हजार रुपैयाँ
व्यवस्थापन : ४ हजार रुपैयाँ

१८. गोल्डेनगेट इन्टरनेशनल कलेज, काठमाडौं

विद्यार्थीसँगको कनेक्सन र केयरिङ नै गोल्डेन गेट माविको उत्कृष्ट नतिजाको कारक हो । साथै, उत्कृष्ट शैक्षिक पूर्वाधार, विद्यार्थीको क्षमता पहिचान गरी शिक्षण सिकाइमा जोड दिइने भएकाले ने गोल्डेन गेटले गोल्डेन नतिजा ल्याउने गरेको कलेजका प्रमुख कार्यकारी निर्देशक रमेश सिलवाल बताउँछन् । ‘हामीले विद्यार्थीलाई सधैँ केन्द्रमा राख्छौँ र अभिभावकको प्रतिक्रियालाई सधैँ शिरोधर गर्दै आएका छौँ,’ उनले भने, ‘उत्कृष्ट शिक्षकहरुको समूह अनि कुशल व्यवस्थापनले गर्दा नै हामीले सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएका छौँ ।’

२०६४ सालबाट सञ्चालित यस माविले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि समेत अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ । त्यसैगरी, एमबीबीएस, इन्जिनियरिङ र सिएको तयारी कक्षालाई समेत प्राथमिकतामा राख्ने गरेको सिलवालले बताए ।

सिट संख्या 
विज्ञान : ८००
व्यवस्थापन : ७००
मानविकी : ४०

भर्ना शुल्क 
विज्ञान : ३० हजार रुपैयाँ
व्यवस्थापन : ३० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ५ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार रुपैयाँ
मानविकी ः ४ हजार ५ सय रुपैयाँ

१९. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल

काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल पनि उत्कृष्ट मावि हो । विद्यार्थीलाई नम्बर होइन नामको रुपमा हेर्नुपर्छ भन्ने मन्त्रले नै बर्नहार्टलाई आजका दिनसम्म उत्कृष्ट माविका रुपमा स्थापित गर्न सफल भएको अध्यक्ष भुपेश छतकुली बताउँछन् । ‘हामीले विद्यार्थीलाई सधैँ केन्द्रमा राख्छौँ,’ उनले भने, ‘यसका अलवा दक्ष प्राध्यापक, कुशल व्यवस्थापन र विद्यार्थी मोटिभेसनले नै हामीलाई अब्बल बनाइराख्न सहयोग गरेको छ ।’ साथै, अभिभावकको नियमित प्रतिक्रिया, हरेक हप्ता हुने परीक्षाले विद्यार्थीको नियमित मनिटरिङले गर्दा बर्नहार्टले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । २०५७ बाट सञ्चालित यस स्कुलले विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा पहिचान गर्नका लागि अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्ने गरेको छतकुली बताउँछन् ।

सिट संख्या
विज्ञान : ५००
व्यवस्थापन : ५००

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ७ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार ५ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञान : ४५ हजार रुपैयाँ
व्यवस्थापन : ३० हजार रुपैयाँ

२०. जया मल्टिपल (मनकामना सेकेण्डरी स्कुल), काठमाडौं

काठमाडौंको जोरपाटीमा रहेको जया मल्टिपल अर्थात् मनकामना सेकेण्डरी स्कुल अब्बल माविमा दरिनुका पछाडि आफ्नै विशेषताहरु छन् । वि.सं. २०६० सालदेखि कक्षा ११ र १२ को पढाइ गराइरहेको यो माविमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चार संकायको पढाइ हुन्छ । कलेजका प्रिन्सिपल भवानी पौडेलकाअनुसार बलियो व्यवस्थापन, मेहनती विद्यार्थी, विशुद्ध शैक्षिक वातावरणजस्ता कारणले माविले उत्कृष्ट नतिजा ल्याउन सकेको हो ।

‘व्यवस्थापकीय पक्ष बलियो, मेहनती विधार्थी, विशुद्ध शैक्षिक वातावरण, पढाइको वातावरण बनाइदिने अभिभावक हाम्रो अब्बल नतिजाका मुख्य कारण हुन्,’ पौडेल भन्छन्, ‘उत्सुक र जागरुक विद्यार्थीको समूह र विद्यार्थीको भावना बुझेर अध्यापन गर्ने शिक्षकले मुख्य भूमिका निभाउनु भएको छ ।’ विगत २० वर्षदेखि आफ्नै भौतिक पूर्वाधारमा विद्यार्थी पठनपाठन गराउँदैं आएको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान : ९०
व्यवस्थापन : ४ सय
मानविकीः ४५
कानुन : ३५

वार्षिक शुल्क
विज्ञान : ५० हजार रुपैयाँ
व्यवस्थापनः ३५ हजार रुपैयाँ
मानविकीः ३२ हजार रुपैयाँ
कानुन : १५ हजार रुपैयाँ





तपाईको प्रतिक्रिया

ताजा अपडेट