Techie IT
  • बुधबार, मंसीर ३, २०८३ / Wednesday, November 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीलाई चाडपर्वका नाममा पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारवाही गर्ने

विद्यार्थीलाई चाडपर्वका नाममा पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारवाही गर्ने


काठमाडौं । विद्यार्थीलाई चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ । विद्यालयको नियमित पोषाकबाहेक विभिन्न चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो आएको भन्दै महानगरले चेतावनी दिएको हो ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी सूचनामा तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको