काठमाडौं । काठमाडौं बसुन्धारास्थित साउथवेस्टन स्टेट कलेजमा पिपल चौतारी गजल साँझ २०८१ सम्पन्न भएको छ । साउथवेस्टन साहित्य समाजको आयोजनामा हिजो (शुक्रबार) गजल साँझ सम्पन्न भएको हो ।
नेपाली कला र साहित्यको विकासमा योगदान दिँदै आएको साउथवेष्टन स्टेट कलेजले साहित्यिक समाजको गठन गरी २०६८ सालदेखि नियमित गजल साँझ गर्दै आएको छ । यसलाई अझै परिस्कृत रुपमा निरन्तरता दिने साउथ वेष्टन साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिए । ‘हामीले नेपाली कला साहित्यलाई विकास गर्ने उद्धेश्यले हरेक वर्ष पिपल चौतारीमा साहित्यिक अनुुरागीहरुलाई निमन्त्रणा गरी साहित्यमा रम्दै रमाउँदै आएका छौँ,’ उनले भने, ‘यो कार्यक्रमले पक्कै पनि नेपाली साहित्यमा एउटा इँटा थप्ने काम गरेको छ भन्ने विश्वास लिएको छु, हामी यसलाई अझै परिस्कृत गर्दै लैजानेमा दृढ छौँ ।’
गजल साँझमा तीन दर्जनभन्दा बढी साहित्यकारहरुले प्रस्तुति दिएका थिए । जसमा अधिकांशले गजल प्रस्तुत गरेका थिए । लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ साहित्यकार रामबहादुर पहाडीकोको प्रमुख आतिथ्यता रहेको थियो ।
त्रिभुवनचन्द्र वाग्लेले सञ्चालन गरेको कार्यक्रममा ललिजन रावल, रवि प्रान्ज्वल, वियोगी बुढाथोकी, करुण थापा, डा. शैलेन्द्रुुप्रकाश नेपाल, सन्तोष अम्गाईं, मानन्धर अभागी, भैरवी भुगोल, बलराम दाहाल, घनेन्द्र ओझा, राधा कँडेल, दिपेश घिमिरे, भाग्यशाली अधिकारी, उदास कार्की, मिलन अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, बिदुर तिमिल्सिना, उत्तम विचार, गणेश खतिवडा, पौडेले विमुन्स, आँचल कुमार, अञ्जान यात्री लगायतले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।
गजल साँझको सुरुवातमा साहित्य समाजकी कोषाध्यक्ष रेणुका भण्डारीले कार्यक्रममा उपस्थित साहित्यिक अनुरागीहरुलाई मन्तव्यमार्फत स्वागत गरेकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि साउथवेस्टन स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले गजलकारका सेरले पिपल चौतारी साँच्चै चौतारी जस्तो भएको बताए । ‘सधैं एक्लो रहने पिपल चौतारी आज साहित्यकारका साहित्यिक रचनाले मन्त्रमुुग्ध भएको छ,’ उनले भने, ‘आगामी दिनहरुमा पनि हामी यसलाई निरन्तरता दिने छौँ ।’
चौतारीमा संस्कृति, राजनीति, राष्ट्रप्रेम, प्रेमभाव, घरायसीदेखि आकाश छुनेसम्मका सिर्जनाहरु प्रस्तुत भएको उनले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘पिपल चौतारीले काब्यिक प्रेम बाँडेको मलाई अुनुुभूूति भएको छ ।’
कार्यक्रममा डा. शैलेन्द्रुुप्रकाश नेपालले यस कार्यक्रमको निरन्तरताको कामना गरे । कार्यक्रममा बोल्ने क्रममा उनले गजलसमेत सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रामबहादुर पहाडीले एउटा शैक्षिक संस्थाले साहित्यको क्षेत्रमा पुुर्याएको योगदानको कदर गर्दै गजलसमेत सुनाएका थिए ।
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया