‘टेक्सास करिअर फेयर’ को छैटौं संस्करण सम्पन्न, २ हजारभन्दा बढी विद्यार्थी सहभागि

काठमाडौं । चावहिल, मित्रपार्कस्थित टेक्सास कलेजले ‘टेक्सास करिअर फेयर’को छैटौं संस्करण सम्पन्न गरेको छ । हिजो शुक्रबार कलेजले ‘टेक्सास करिअर फेयर २०२४’ सम्पन्न गरेको हो ।
फेयरमा कलेजको स्नातक तह दोस्रो वर्षभन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरु सहभागि थिए । भने, फेयरमा ५८ वटा विभिन्न कम्पनीले सहभागिता जनाएका थिए । जसमा २ हजारभन्दा बढी विद्यार्थीले सहभागि भएको कलेजले जनाएको छ ।
हाम्रा विद्यार्थीहरुले लिने कक्षा र रोजगार बजारबीचको अन्तरलाई कम गर्ने उद्धेश्यले करिअर फेयर आयोजना गरिएको कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले जानकारी दिए । ‘मार्केटले खोजेजस्तो जनशक्ति हामीले उत्पादन गरिरहेका छैनौँ कि भन्ने हामीजस्ता शैक्षिक संस्थाहरुमाथि गम्भीर प्रश्न चिन्ह छ,’ उनले भने, ‘त्यसैलाई हटाउनका लागि हामीले वर्षौंदेखि यस्ता कार्यक्रम गर्दै आएका छौँ ।’ यो फेयरमा सहभागि कम्पनीहरुमा धेरै विद्यार्थीहरुले जागिर पाएका छन् भने जागिर नपाएका विद्यार्थीहरुले एउटा अनुभव लिएर गएको उनले बताए ।
यसैगरी टेक्सास इन्टरनेशनल कलेजका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले करिअर फेयरले विद्यार्थीहरुलाई आफ्नो गन्तव्य बनाउन र गन्तव्यमा लम्किनका लागि प्रोत्साहन गरेको बताए । ‘विद्यार्थीहरुका लागि यो करिअर फेयर आफ्नो भविष्यको सुरुवात गर्ने अवसर हो,’ उनले भने, ‘यस्तो फेयरले हिजोका वर्षहरुमा विद्यार्थीहरुलाई सहयोग गरेको थियो आज पनि त्यही सहयोग र सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’
फेयरमार्फत विद्यार्थीहरुलाई रोजगारका लागि बजारमा पठाउने उद्धेश्यले यो फेयरको आयोजना गरिँदै आएको कलेजका विजनेश निर्देशक नारायण पोखरेलले जानकारी दिए । ‘टेक्सासमा स्नातक तह दोस्रो वर्षभन्दा माथि अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई हामीले प्रोफेस्नली काम गर्न सक्ने बनाएका छौँ,’ उनले भने, ‘फेयरमा सहभागि कम्पनीहरु विभिन्न भ्याकेन्सीसहित आउनुभएको थियो, जसमा हाम्रा विद्यार्थीहरुको रुचि र उनीहरुको योग्यताअनुसार धेरै जागिरका लागि योग्यसमेत भएका छन् ।’
वर्षेनी यसरी करिअर फेयर गर्दा कलेजको छैटौँ सेमेस्टर भन्दा माथि अध्ययन गर्ने कुनै पनि जागिरबिहिन नरहेको पोखरेलको दाबी छ । ‘टेक्सासमा पढेका विद्यार्थीलाई हामीले उनीहरुको क्षमताअनुसार विभिन्न कम्पनीमा काम गर्न सक्ने बनाएका छौँ,’ उनले भने, ‘हाम्रोमा अध्ययन गर्ने विद्यार्थीहरु कमैमात्र बेरोजगार छन् ।’
टेक्सासले स्नातक तहअन्तर्गत बीएससी सिएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीए बीएसडब्लू, एमबीएस अध्यापन गराउँदै आएको छ । त्यसैगरी, आइटीतर्फ लिंकन युनिभर्सिटीको सम्बन्धनमा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी अन्तर्गत बीबीए, एमबीए, बीआइटी, बीसीए साइबर सेक्यूरिटी नेटवर्क टेक्नोलोजी, बीएचएम, एमसीएच, एमबीए इन एचएम र एमबीए इन एचआर लगायतका विषय अध्यापन गराउँदै आएको छ ।
ताजा अपडेट
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
- आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन
- नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा शपथ ग्रहण, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने
- त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
- प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया