समाचार
विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । सोमबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ प्रधानमन्त्रीले भने, ‘अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।’
पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतहरूको खोजीका पनि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए ।
‘अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन कि हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि ध्यानकेन्द्रित गर्नैपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँगको सहकार्यमा पहुँच विस्तारका लागि आइपर्ने बाधा–अड्चन र कानूनी एवम् नीतिगत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ ।’ उनले ऐनको समयाकुल परिमार्जनका लागि समेत सरकारबाट आवश्यक सहयोग प्रदान गर्ने विश्वास दिलाए ।
उच्च शिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउँदै लैजान सुझाव दिँदै प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धन र कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
खासगरी अलैँची, चिया, रूद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायत नेपालका मौलिक उत्पादनहरूका बारेमा समेत सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिँदै प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा समेत यो विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।
गोठ गाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया