Techie IT
  • मंगलबार, कात्तिक ४, २०८३ / Tuesday, October 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ यी तीन कलेजले स्नातक तहमा विद्यार्थी भर्ना गर्न नपाउने शिक्षा मन्त्रालयको निर्णय

यी तीन कलेजले स्नातक तहमा विद्यार्थी भर्ना गर्न नपाउने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौँ । विदेशी विश्वविद्यालयहरुबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका तीनवटा कलेजलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । मन्त्रालयले काठमाडौं मध्यवानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, जनकपुरस्थित कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी र खुमलटारमा रहेको नेपाल एजुकेशन फाउण्डेशन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।

मन्त्रालयको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको साउन २४ गतेको बैठकले विभिन्न कारण देखाउँदै यी तीन कलेजमा तत्कालका लागि विद्यार्थी भर्ना रोक लगाएको हो ।

कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
योसँगै मन्त्रालयले ५६ वटा कलेजमा मात्र स्नातक तह अध्ययनका लागि भर्ना आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको निर्णय नम्बर ४ (ख)मा मन्त्रालयबाट विभिन्न मितिमा अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरिएको छ । उक्त निर्णयमा कलेजको नामसहित सम्बन्धन प्रदान र्गे विश्वविद्यालय र शिक्षण संस्थाको नामसमेत उल्लेख गरिएको छ । साथै, उक्त कलेजमा सञ्चालित कार्यक्रमका बारेमा समेत विवरणमा जनाइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको