Techie IT
  • आईतबार, भदौ १४, २०८३ / Sunday, August 30, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आइतबार ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

गत भदौ २५ र २६ गते भएको परीक्षामा एक लाख २२ हजार १७१ परीक्षार्थी सहभाग भएका थिए । जसमध्ये ८६ हजार २४६ जनाले ग्रेड प्राप्त गरेका छन्।

ग्रेड प्राप्त प्रतिशत ७०.६० रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए । ‘दुई जनाको परीक्षा रद्द गरिएको र तीन जनाको परीक्षाफल स्थगित गरिएको छ,’ उनले भने ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको