अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरु आन्दोलित

काठमाडौं– अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल केलेज शिक्षण अस्पतालका २२ औँ ब्याचका इन्टर्न आन्दोलित भएका छन् । कलेजले मनोमानी ढंगबाट अतिरिक्त शुल्क असुलेको विरोधमा इन्टर्नहरु आन्दोलित भएका हुन् ।
एमबीबीएस अध्ययनका बेला कलेजले छात्रवृत्ति पाएका र नपाएका दुवै समूहका विद्यार्थीहरुबाट मनोमानी शुल्क असुलेको इन्टर्नहरुको आरोप छ । अब कलेजले छात्रवृत्ति नपाएकाहरुाबाट प्रति विद्यार्थी ६ लाख ८८ हजार र छात्रवृत्ति पाएकाहरुबाट असुलेको प्रति विद्यार्थी १ लाख ८६ हजार ५५५ रुपैयाँ फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग छ ।
कलेजले छात्रवृत्ति नपाएका विद्यार्थीहरुबाट के.यू. दर्ताका लागि १५ हजार, काउन्सिल दर्ता तीन हजारm केयू परीक्षा शुल्क ४० हजार, आन्तरिक परीक्षा शुल्क एक लाख ५० हजार, इन्टर्नशीप शुल्क दुई लाख, कम्युनिटी पोष्टिङ प्लस स्किल ल्याबका लागि १ लाख ८० हजार र सेक्यूरिटी डिपोजिटका नाममा १ लाख रुपैयाँ लिँदै आएको छ । उक्त रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।
त्यस्तै, छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट आन्तरिक परीक्षा शुल्क, कम्युनिटी पोष्टिङ र स्किल ल्याबका नाममा लिइएको एक लाख ८६ हजार ५५५ रुपैयाँ पनि फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग रहेको छ ।
आन्दोलित विद्यार्थीहरुले दुई महिना अघिबाट कलेजमा इन्टर्न सुरु गरेका थिए ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया