Techie IT
  • आईतबार, असार २९, २०८२ / Sunday, July 13, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारपोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

पोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान


काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रिक्त रहेको पोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट कात्तिक २४ गते स्वीकृत कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

इच्छुक व्यक्तिले अनलाइन माध्यमबाट पनि दरखास्त पेश गर्न सकिने मन्त्रालयले जनाएको छ । जसका लागि मन्त्रालयको www.moest. gov.np मा दिइएको लिंकमा गई दरखास्त दिन सकिनेछ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको