प्रधानमन्त्रीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन
काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरेका छन् । बिहीबार विहान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरेका हुन् ।
प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह, सिनेट बैठकलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बुधबार जुम्ला पुगेका हुन् ।
भवन उद्घाटन भएलगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ । सिनेट बैठकपछि दीक्षान्त समारोह सुरु हुनेछ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हालसम्म भाडाकै घरबाट अध्ययन—अध्यापनका क्रियाकलाप संचालन गर्दै आएको थियो । तर, झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले अध्ययन—अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको हो ।
प्रतिष्ठानमा चिकित्सा शिक्षाका एक दर्जन बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम संचालन छन् । त्यसका लागि १०० प्रोफेसर छन् । तर, प्रतिष्ठानको आफ्नै आवास भवन र शैक्षिक भवन नहुँदा घर भाडामा लिनुपर्ने बाध्यता थियो । आफ्नो शैक्षिक भवन र स्टाफ क्वार्टर नहुँदा प्रतिष्ठानले भाडामा मात्रै वर्षेनी करोडौ खर्चिन बाध्य छ ।
जुम्लामा आउने प्रोफेसरहरुलाई टिकाई राख्न, प्रतिष्ठानमा संचालित कार्यक्रमहरुलाई दिगो रुपमा संचालन गर्न समस्या हुने गरेको थियो । सोही कारण प्रतिष्ठानले आफ्नै शैक्षिक, प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया