Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारप्रधानमन्त्रीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन

प्रधानमन्त्रीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन


काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरेका छन् । बिहीबार विहान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरेका हुन् ।

प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह, सिनेट बैठकलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बुधबार जुम्ला पुगेका हुन् ।

भवन उद्घाटन भएलगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ । सिनेट बैठकपछि दीक्षान्त समारोह सुरु हुनेछ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हालसम्म भाडाकै घरबाट अध्ययन—अध्यापनका क्रियाकलाप संचालन गर्दै आएको थियो । तर, झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले अध्ययन—अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको हो ।

प्रतिष्ठानमा चिकित्सा शिक्षाका एक दर्जन बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम संचालन छन् । त्यसका लागि १०० प्रोफेसर छन् । तर, प्रतिष्ठानको आफ्नै आवास भवन र शैक्षिक भवन नहुँदा घर भाडामा लिनुपर्ने बाध्यता थियो । आफ्नो शैक्षिक भवन र स्टाफ क्वार्टर नहुँदा प्रतिष्ठानले भाडामा मात्रै वर्षेनी करोडौ खर्चिन बाध्य छ ।

जुम्लामा आउने प्रोफेसरहरुलाई टिकाई राख्न, प्रतिष्ठानमा संचालित कार्यक्रमहरुलाई दिगो रुपमा संचालन गर्न समस्या हुने गरेको थियो । सोही कारण प्रतिष्ठानले आफ्नै शैक्षिक, प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको