४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रीका आइ सेन्टरले ४० वर्ष कटेका मानिसको आँखाको दृष्ट्रिमा आउने जुनसुकै किसिमका कमजोरी हटाउने ‘प्रेस बाइ म्याक्स’ लेजर सर्जरीमार्फत उपचार सुरु गरेको छ । सेन्टरले ४० वर्ष उमेर पार गरेका मानिसमा हुने नजिक, बिच र टाढा नदेख्ने समस्या भएका हरुका लागि प्रेस बाइ म्याक्स प्रविधिबाट उपचार सुरु गरेको हो ।
माट्रीकाका वरिष्ठ रेफ्रियाक्टिभ सर्जनहरुको टीमले प्रेस बाइ म्याक्स सर्जरी गरिरहेको छ । करिव एक महिनाअघिबाट सुरु भएको यो उपचारपद्धति विशेषगरी ४० वर्ष उमेर पार गरेका मानिसहरुप्रति लक्षित छ ।
‘४० वर्षभन्दा कम उमेरका मानिसको आँखामा टाढाको फोकस कम भएको हुँदैन त्यसैले रिफ्रायक्टिभ लेजर सर्जरीले नै ठीक हुन्छ,’ सेन्टरका रिफ्राक्टिभ सर्जन डा. शाश्वत ढुंगेल भन्छन्, ‘४० वर्षबाट उकालो लागेका मानिसहरुमा टाढा, नजिक र विशेषगरी बिचको दृश्य देख्न गाह्रो हुन्छ । त्यसैले उनीहरुका लागि प्रेस बाइ म्याक्स प्रविधि रामबाणसाबित भएको छ ।’ प्रेस बाइ म्याक्स लेजर सर्जरीपश्चात बिरामीले २० वर्षिय युवकको जस्तो छर्लङ्ग आँखा देख्ने चिकित्सकहरुको भनाई छ ।
नेपालमा प्रेस बाइ म्याक्स प्रविधिबाट माट्रीकामा मात्र उपचार सम्भव रहेको डा. ढुंगेल दाबी गर्छन् । ‘यो लेजर सर्जरीमा विश्वमै आएको यो नयाँ फिचर हो,’ उनले भने, ‘नेपालमा माट्रीका आइ सेन्टर बाहेक सम्भवतः यो फिचर भएको प्रविधि छैन ।’
उसो त यतिबेला दैनिकजसो माट्रीकामा प्रेस बी म्याक्समार्फत उपचार गराउन बिरामी आइरहेको माट्रीकाले जनाएको छ । साथै, यो प्रविधिबाट शल्यक्रिया गराएका बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको सेन्टरकी सञ्चालक एवम् प्रबन्ध निर्देशक सोना प्रधान बताउँछिन् ।
के हो त प्रेस बाइ म्याक्स प्रविधि ?
प्रेस बाइ म्याक्स प्रविधि रिफ्राक्टिभ लेजर सर्जरी भित्र पर्ने एउटा फिचर हो । विश्वमा उक्त फिचर भएको प्रविधि जर्मनी कम्पनी स्वीङले मात्र ल्याएको छ । जो मेसिन नेपालमा माट्रीकामा मात्र रहेको सेन्टरको दाबी छ । प्रेस बी म्याक्स प्रविधिले ४० वर्ष उमेर पार गरेका मानिसको आँखाको दृष्ट्रिमा आएको कुनैपनि प्रकारको समस्यालाई समाधान गरिदिन्छ । रिफ्याक्टिभ लेजर सर्जरीमार्फत हालसम्म नजिक र टाढाको दृष्टि कमजोर भएका बिरामीकोमात्र शल्यक्रिया गरिन्थ्यो । तर, प्रेस बाइ म्यास्कमार्फत भने बीचको दृश्य देख्न गाह्रो हुने बिरामीको पनि सफल उपचार गर्न सकिन्छ । ‘बीचको दृश्य भन्नाले विशेषगरी डेस्कटप कम्प्युटर, टेलिभिजन र वरिपरिका दृश्यहरु अर्थात इन्टरमिडिएट भिजन देख्न गाह्रो हुनु हो,’ डा. ढुंगेलले भने, ‘इन्टरमिडिएट भिजन नदेख्ने समस्या विशेषगरी ४० वर्ष माथिका मानिसहरुमा हुन्छ । त्यसका लागि प्रेस बाइ म्याक्समार्फत लेजर सर्जरी गर्दा बिरामीले छर्लङ्ग आँखा देख्न सक्छन् ।’
कति लाग्छ खर्च ?
माट्रीकाले नर्मल लेजर सर्जरी गर्दा लाग्ने शुल्कमा नै प्रेस बाइ म्याक्स गराइरहेको प्रधान बताउँछिन् । उनका अनुसार प्रेस बाइ म्याक्स प्रविधिमार्फत दुवै आँखाको लेजर सर्जरी गर्दा ९५ हजार रुपैयाँ खर्च लाग्छ । ‘हामीले अत्यन्तै न्यून शुल्कमा यो सर्जरी गरिरहेका छौँ,’ उनले भने, ‘अन्य देशमा यो सर्जरी गर्नका लागि बिरामीले लाखौँ खर्च गरिरहेका छन् ।’
क–कसले गर्न मिल्छ ‘प्रेस बाइ म्याक्स’ ?
आँखामा कुनैपनि प्रकारका कडा रोग नभएका बिरामीको प्रेस बाइ म्याक्स गर्न मिल्ने डा. ढुंगेल बताउँछन् । ‘४० वर्षभन्दा माथिका जुनसुकै उमेरसमुहका मानिसमा यो प्रविधिबाट सर्जरी गर्न सकिन्छ तर, बिरामीको आँखामा कुनैपनि किसिमका कडा रोग हुनुभएन,’ आँखामा लाग्ने कडा रोगबारे उनी भन्दै थिए, ‘मोतिबिन्दू पलाइसकेको, मोतिबिन्दू पाकिसकेको, जलबिन्दू, रेटिनाको कडा रोग लागेका मानिसहरुको भने प्रेस बाइ म्याक्स गराउन मिल्दैन ।’
त्यस्तै, आँखाको नानी ज्यादै पातलो भयो भने पनि प्रेस बाइ म्याक्स लेजर सर्जरी गर्न नमिल्ने उनको भनाइ छ । ‘आँखाको नानी ज्यादै कमजोर छ भने त्यसले लेजर थेग्न सक्दैन जसकारण हामीले सबैकुरा जाँचेरमात्र शल्यक्रिया गर्दछौँ ।’
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया