४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि

काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रीका आइ सेन्टरले ४० वर्ष कटेका मानिसको आँखाको दृष्ट्रिमा आउने जुनसुकै किसिमका कमजोरी हटाउने ‘प्रेस बाइ म्याक्स’ लेजर सर्जरीमार्फत उपचार सुरु गरेको छ । सेन्टरले ४० वर्ष उमेर पार गरेका मानिसमा हुने नजिक, बिच र टाढा नदेख्ने समस्या भएका हरुका लागि प्रेस बाइ म्याक्स प्रविधिबाट उपचार सुरु गरेको हो ।
माट्रीकाका वरिष्ठ रेफ्रियाक्टिभ सर्जनहरुको टीमले प्रेस बाइ म्याक्स सर्जरी गरिरहेको छ । करिव एक महिनाअघिबाट सुरु भएको यो उपचारपद्धति विशेषगरी ४० वर्ष उमेर पार गरेका मानिसहरुप्रति लक्षित छ ।
‘४० वर्षभन्दा कम उमेरका मानिसको आँखामा टाढाको फोकस कम भएको हुँदैन त्यसैले रिफ्रायक्टिभ लेजर सर्जरीले नै ठीक हुन्छ,’ सेन्टरका रिफ्राक्टिभ सर्जन डा. शाश्वत ढुंगेल भन्छन्, ‘४० वर्षबाट उकालो लागेका मानिसहरुमा टाढा, नजिक र विशेषगरी बिचको दृश्य देख्न गाह्रो हुन्छ । त्यसैले उनीहरुका लागि प्रेस बाइ म्याक्स प्रविधि रामबाणसाबित भएको छ ।’ प्रेस बाइ म्याक्स लेजर सर्जरीपश्चात बिरामीले २० वर्षिय युवकको जस्तो छर्लङ्ग आँखा देख्ने चिकित्सकहरुको भनाई छ ।
नेपालमा प्रेस बाइ म्याक्स प्रविधिबाट माट्रीकामा मात्र उपचार सम्भव रहेको डा. ढुंगेल दाबी गर्छन् । ‘यो लेजर सर्जरीमा विश्वमै आएको यो नयाँ फिचर हो,’ उनले भने, ‘नेपालमा माट्रीका आइ सेन्टर बाहेक सम्भवतः यो फिचर भएको प्रविधि छैन ।’
उसो त यतिबेला दैनिकजसो माट्रीकामा प्रेस बी म्याक्समार्फत उपचार गराउन बिरामी आइरहेको माट्रीकाले जनाएको छ । साथै, यो प्रविधिबाट शल्यक्रिया गराएका बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको सेन्टरकी सञ्चालक एवम् प्रबन्ध निर्देशक सोना प्रधान बताउँछिन् ।
के हो त प्रेस बाइ म्याक्स प्रविधि ?
प्रेस बाइ म्याक्स प्रविधि रिफ्राक्टिभ लेजर सर्जरी भित्र पर्ने एउटा फिचर हो । विश्वमा उक्त फिचर भएको प्रविधि जर्मनी कम्पनी स्वीङले मात्र ल्याएको छ । जो मेसिन नेपालमा माट्रीकामा मात्र रहेको सेन्टरको दाबी छ । प्रेस बी म्याक्स प्रविधिले ४० वर्ष उमेर पार गरेका मानिसको आँखाको दृष्ट्रिमा आएको कुनैपनि प्रकारको समस्यालाई समाधान गरिदिन्छ । रिफ्याक्टिभ लेजर सर्जरीमार्फत हालसम्म नजिक र टाढाको दृष्टि कमजोर भएका बिरामीकोमात्र शल्यक्रिया गरिन्थ्यो । तर, प्रेस बाइ म्यास्कमार्फत भने बीचको दृश्य देख्न गाह्रो हुने बिरामीको पनि सफल उपचार गर्न सकिन्छ । ‘बीचको दृश्य भन्नाले विशेषगरी डेस्कटप कम्प्युटर, टेलिभिजन र वरिपरिका दृश्यहरु अर्थात इन्टरमिडिएट भिजन देख्न गाह्रो हुनु हो,’ डा. ढुंगेलले भने, ‘इन्टरमिडिएट भिजन नदेख्ने समस्या विशेषगरी ४० वर्ष माथिका मानिसहरुमा हुन्छ । त्यसका लागि प्रेस बाइ म्याक्समार्फत लेजर सर्जरी गर्दा बिरामीले छर्लङ्ग आँखा देख्न सक्छन् ।’
कति लाग्छ खर्च ?
माट्रीकाले नर्मल लेजर सर्जरी गर्दा लाग्ने शुल्कमा नै प्रेस बाइ म्याक्स गराइरहेको प्रधान बताउँछिन् । उनका अनुसार प्रेस बाइ म्याक्स प्रविधिमार्फत दुवै आँखाको लेजर सर्जरी गर्दा ९५ हजार रुपैयाँ खर्च लाग्छ । ‘हामीले अत्यन्तै न्यून शुल्कमा यो सर्जरी गरिरहेका छौँ,’ उनले भने, ‘अन्य देशमा यो सर्जरी गर्नका लागि बिरामीले लाखौँ खर्च गरिरहेका छन् ।’
क–कसले गर्न मिल्छ ‘प्रेस बाइ म्याक्स’ ?
आँखामा कुनैपनि प्रकारका कडा रोग नभएका बिरामीको प्रेस बाइ म्याक्स गर्न मिल्ने डा. ढुंगेल बताउँछन् । ‘४० वर्षभन्दा माथिका जुनसुकै उमेरसमुहका मानिसमा यो प्रविधिबाट सर्जरी गर्न सकिन्छ तर, बिरामीको आँखामा कुनैपनि किसिमका कडा रोग हुनुभएन,’ आँखामा लाग्ने कडा रोगबारे उनी भन्दै थिए, ‘मोतिबिन्दू पलाइसकेको, मोतिबिन्दू पाकिसकेको, जलबिन्दू, रेटिनाको कडा रोग लागेका मानिसहरुको भने प्रेस बाइ म्याक्स गराउन मिल्दैन ।’
त्यस्तै, आँखाको नानी ज्यादै पातलो भयो भने पनि प्रेस बाइ म्याक्स लेजर सर्जरी गर्न नमिल्ने उनको भनाइ छ । ‘आँखाको नानी ज्यादै कमजोर छ भने त्यसले लेजर थेग्न सक्दैन जसकारण हामीले सबैकुरा जाँचेरमात्र शल्यक्रिया गर्दछौँ ।’
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया