Techie IT
  • मंगलबार, भदौ ९, २०८३ / Wednesday, August 26, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठओपनियनडा. प्रियंका आनन्दको कविता– ‘जीवन’

डा. प्रियंका आनन्दको कविता– ‘जीवन’


भन्छन् जीवन काँडा कि फूल
जीवन के होला ठम्याउन नसकी गरेछु भूल ।

मलाई किन जीवन काँडा झै लागेको ?
के मैले हासेर खुशी बस्न नै नजानेको ?

जानी नजानी पाइला अगाडी सारी बढ्दैछु
किन आफैले दुःख तर्फ पाइला सार्दैछु ?

हरेस खाएको छैन मैले
दुःख देखे सुख निम्त्याउन बाटो खोज्दैछु मैले !

सुख र दु:ख हुन सिक्का का दुई पाटा!
अब सुखको पाटा देला दैबले भन्ने छ आशा!

पक्कै सुख पाउन नै दुःख गर्नुपर्छ
हो खुसी भई अगाडी बढे मेरो जीवन सफल हुन्छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको