रिलायन्स एकेडेमीले विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्दै, ५ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा
काठमाडौं । चाबहिल सरस्वतीनगरस्थित रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स इन्टरनेशनल एकेडेमीले विज्ञान प्रदर्शनी तथा साहित्य मेला आयोजना गर्ने भएको छ । बुधबार एक पत्रकार सम्मेलनमार्फत रिलायन्सले फागुन १ गतेदेखि प्रदर्शनी तथा मेलाको शुभारम्भ गर्न लागेको जानकारी गराएको हो ।
प्रदर्शनी र मेलामार्फत झण्डै पाँच हजार विद्यार्थी लाभान्वित हुने एकेडेमीको अपेक्षा छ । विगत लामो समयदेखि उत्कृष्ट शैक्षिक संस्थाका रुपमा चिनिँदै आएको रिलायन्सको यो चौथो विज्ञान प्रदर्शनी हो भने साहित्यिक मेला पहिलो हो ।
विज्ञान र साहित्य दुवै सिर्जनात्मक पक्ष भएकाले यी दुवै विषयलाई एकसाथ लैजान खोजिएको नेटवर्ककका अध्यक्ष एवम् रिलाइन्स इन्टरनेशन कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले जानकारी दिए ।
विद्यार्थीरुको प्रतिभालाई उजागर गरी विद्यार्थीहरुमा विज्ञान र सूचना प्रविधीको खोज,अनुसन्धान र अवलोकन विधीलाई अवलम्बन गरी उनीहरुलाई निरन्तर रुपमा अभ्यस्त बनाउने उद्देश्यले प्रदर्शनी र मेलाको आयोजना गरिएकोसमेत उनले प्रष्ट पारे । ‘पठनपाठन सँगै यस संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिँदै आएको छ,’ उनले भने, ‘ विज्ञान प्रदर्शनी तथा साहित्य मेला त्यसैको एउटा पाटो हो ।’
युग सापेक्ष प्रविधि मैत्री र व्यवहारिक क्रियाकलापमा सिकाई प्रणालीलाई जोड दिदै वैज्ञानिक खोज, आविष्कार—अन्वेषण,पुस्तक प्रदर्शनी,लेखकसँग साक्षात्कार र प्रयोगमा आधारित यस विज्ञान प्रदर्शर्नीले करिव ५ हजार विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको कलेजका साइन्स कोअर्डिनेटर यादव पाण्डेले जानकारी दिए ।
प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि गरी ४९ प्रदर्शनी तथा स्टलहरु रहने जनाइएको छ । अन्य थप विद्यालय स्तरीय विज्ञान प्रदर्शनीहरु समेत रहने छन् । त्यसका अलावा आर्ट पेन्टिङ, एचएम पेन्टिङ, फेस पेन्टिङ, फुड स्टल, बुक स्टल पनि रहने जनाइएको छ ।
साहित्य मेलामा उपन्यासकारद्वय अमर न्यौपाने र उद्घव प्याकुरेलसँग विद्यार्थीहरुले साक्षात्कारसमेत गर्नेछन् । त्यसका साथै समापन समारोहमा पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा रिलायन्सका विद्यार्थीहरुद्वारा निर्मित सामग्रीहरुसमेत राखिनेछन् । जसमा Conservation and Sustainable Management of Musk Deer populations, World of butterflies [Photo Gallery and slide presentation], Smart City: Harnessing solar and Wind Energy in a 3D Model.
Training Belly Breathing: A Scientific technique for improving breathing technique, Preparation of Galvanic cell or Voltaic cell, LIFI: Emergency response system, Design and Development of a model of micro needle saline patches, Presentation of volcanic eruption and its effects, Demonstration of smart irrigation system, Math Club project, Explanation of menstruation cycle लगायतका स्टल रहनेछन् ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया