रिलायन्स एकेडेमीले विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्दै, ५ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा
काठमाडौं । चाबहिल सरस्वतीनगरस्थित रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स इन्टरनेशनल एकेडेमीले विज्ञान प्रदर्शनी तथा साहित्य मेला आयोजना गर्ने भएको छ । बुधबार एक पत्रकार सम्मेलनमार्फत रिलायन्सले फागुन १ गतेदेखि प्रदर्शनी तथा मेलाको शुभारम्भ गर्न लागेको जानकारी गराएको हो ।
प्रदर्शनी र मेलामार्फत झण्डै पाँच हजार विद्यार्थी लाभान्वित हुने एकेडेमीको अपेक्षा छ । विगत लामो समयदेखि उत्कृष्ट शैक्षिक संस्थाका रुपमा चिनिँदै आएको रिलायन्सको यो चौथो विज्ञान प्रदर्शनी हो भने साहित्यिक मेला पहिलो हो ।
विज्ञान र साहित्य दुवै सिर्जनात्मक पक्ष भएकाले यी दुवै विषयलाई एकसाथ लैजान खोजिएको नेटवर्ककका अध्यक्ष एवम् रिलाइन्स इन्टरनेशन कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले जानकारी दिए ।
विद्यार्थीरुको प्रतिभालाई उजागर गरी विद्यार्थीहरुमा विज्ञान र सूचना प्रविधीको खोज,अनुसन्धान र अवलोकन विधीलाई अवलम्बन गरी उनीहरुलाई निरन्तर रुपमा अभ्यस्त बनाउने उद्देश्यले प्रदर्शनी र मेलाको आयोजना गरिएकोसमेत उनले प्रष्ट पारे । ‘पठनपाठन सँगै यस संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिँदै आएको छ,’ उनले भने, ‘ विज्ञान प्रदर्शनी तथा साहित्य मेला त्यसैको एउटा पाटो हो ।’
युग सापेक्ष प्रविधि मैत्री र व्यवहारिक क्रियाकलापमा सिकाई प्रणालीलाई जोड दिदै वैज्ञानिक खोज, आविष्कार—अन्वेषण,पुस्तक प्रदर्शनी,लेखकसँग साक्षात्कार र प्रयोगमा आधारित यस विज्ञान प्रदर्शर्नीले करिव ५ हजार विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको कलेजका साइन्स कोअर्डिनेटर यादव पाण्डेले जानकारी दिए ।
प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि गरी ४९ प्रदर्शनी तथा स्टलहरु रहने जनाइएको छ । अन्य थप विद्यालय स्तरीय विज्ञान प्रदर्शनीहरु समेत रहने छन् । त्यसका अलावा आर्ट पेन्टिङ, एचएम पेन्टिङ, फेस पेन्टिङ, फुड स्टल, बुक स्टल पनि रहने जनाइएको छ ।
साहित्य मेलामा उपन्यासकारद्वय अमर न्यौपाने र उद्घव प्याकुरेलसँग विद्यार्थीहरुले साक्षात्कारसमेत गर्नेछन् । त्यसका साथै समापन समारोहमा पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा रिलायन्सका विद्यार्थीहरुद्वारा निर्मित सामग्रीहरुसमेत राखिनेछन् । जसमा Conservation and Sustainable Management of Musk Deer populations, World of butterflies [Photo Gallery and slide presentation], Smart City: Harnessing solar and Wind Energy in a 3D Model.
Training Belly Breathing: A Scientific technique for improving breathing technique, Preparation of Galvanic cell or Voltaic cell, LIFI: Emergency response system, Design and Development of a model of micro needle saline patches, Presentation of volcanic eruption and its effects, Demonstration of smart irrigation system, Math Club project, Explanation of menstruation cycle लगायतका स्टल रहनेछन् ।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया