सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
काठमाडौं । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । अस्पताल विकास समितिको आज बसेको बैठकले रेग्मीलाई निर्देशकमा नियुक्त गरेको हो ।
२५ फागुनमा अस्पतालका निर्देशक प्रा.डा. विधाननिधि पौडेलको चार वर्षे कार्यकाल सकिएसँगै उक्त पद खाली रहेको थियो । निर्देशक पदका लागि ११ जना चिकित्सकले आवेदन दिएका थिए ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशक सिफारिस समितिले डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र प्रा.डा. रेग्मीको नाम सिफारिस गरेको थियो ।
सो सिफारिको आधारमा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रा.डा. रेग्मीलाई चार वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्ति गरेको हो ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. रेग्मी तीन वर्षयता सिभिल अस्पतालमा काजमा कार्यरत थिए ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया