Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारविद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग गर्दै शिक्षकहरु आन्दोलनमा

समाचार

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग गर्दै शिक्षकहरु आन्दोलनमा


काठमाडौं—विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार शिक्षकहरुले काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुसहरु निकालेर माइतीघर मण्डला एकत्रित भएका छन् ।

शिक्षक महासंघको नेतृत्वमा आयोजित ¥यालीहरु माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएका छन् । महासंघले आन्दोलनमा झण्डै डेढ लाख शिक्षकहरु सहभागी रहेको जनाएको छ ।

आन्दोलनमा बिहीबार थप शिक्षकहरु थपिने आँकलन महासंघको छ । महासंघले आन्दोलनको व्यवस्थापनका लागि ८०० स्वयंसेवक परिचालन गरेको छ ।

शिक्षक महासंघको आन्दोलनका कारण नयाँबानेश्वर, माइतीघर क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको