Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारत्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई


काठमाडौं—त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. खड्ग केसीलाई दिइएको छ ।

प्रधानमन्त्री तथा विश्वविदालयका कुलपति केपी शर्मा ओलीले प्रा डा केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका हुन् ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा २७ चैतमा प्रधानमन्त्री ओलीले स्वीकृत गरेका थिए । त्यसपछि त्रिवि नेतृत्वबिहीन बनेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको