ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने
भरतपुर—काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।
चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले चितवनमा आफ्नो शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताइन् ।
‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरुलाई सही परामर्श दिइरहेका छौँ,’ उनले भनिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सन्चलानमा ल्याउने निर्णय गरेका हौँ ।’
उनले ब्रेनब्रिज एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने बताएकी छिन् ।
‘आइइएलटिएस, पिटिई, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरुले यसको भरपूर फाइदा उठाउन पाउने उनले जानकारी दिइन् ।
अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ ।
साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ । ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ,’ दवाडीले भनिन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया