Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारनाच्दै, गाउँदै, जादु देखाउँदै आन्दोलन गरिरहेका शिक्षकहरुको प्रहरीसँग झडप

नाच्दै, गाउँदै, जादु देखाउँदै आन्दोलन गरिरहेका शिक्षकहरुको प्रहरीसँग झडप


काठमाडौं । शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक र प्रहरीबीच झडप भएको छ । आइतबार नयाँबानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको हो ।

नयाँबानेश्वरमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले पानीको फोहोरा शिक्षकहरुमाथि प्रहार गरेको थियो ।

शिक्षकहरुले भने शान्तिपूर्ण शिक्षकहरुको आन्दोलनमा घुसपैठ भएको बताइरहेका छन् । गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा हुन् । तैपनि, सरकारले शिक्षकका माग सम्बोधन गर्न कुनै चासो नदेखाउँदा शिक्षकहरु आक्रोशित बन्दै गएका छन् ।

शिक्षकहरुको आन्दोलनका कारण विशेषगरी कक्षा १२ को परीक्षा प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ । साथै, नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षणले गति लिन सकेको छैन ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको