Techie IT
  • शुक्रबार, वैशाख ४, २०८३ / Friday, April 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारगोकर्णेश्वर प्याब्सन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा टाइमलाइनकी आर्या कार्की प्रथम

गोकर्णेश्वर प्याब्सन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा टाइमलाइनकी आर्या कार्की प्रथम


काठमाडौं– गोकर्णेश्वर प्याब्सनद्वारा आयोजित ‘प्याब्सन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता –२०८२ ’मा जोरपाटीस्थित टाइमलाइन स्कुलकी छात्रा आर्या कार्कीले प्रथम स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको थिए । ‘सामाजिक सञ्जालको अवसर चूनौति’ विषयमा भएको प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडेमीका विद्यार्थीले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै, जीवनतारा एकेडेमीका विद्यार्थीले तस्रो स्थान जित्न सफल भएका हुन् ।


प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई आयोजकले नगद पुरस्कार क्रमशः २ हजार, १५ सय र १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरेको थियो । त्यस्तै, चौथो, पाँचौ, छैटौं हुनेलाई सान्त्वना पुरस्कार स्वरुप ट्रफी र मेडल र प्रमाणपत्र प्रदान गरिएको गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको