कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
काठमाडौं – कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र कार्डियाक सोसाइटी अफ नेपालको सहकार्यमा समाजले पहिलो नर्सिङ सम्मेलन सम्पन्न गरेको हो ।
नेपाली नर्सहरुलाई सशक्त, आत्मविश्वासी र संगठित गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको समाजकी अध्यक्ष जमुना ताम्राकार सायमीले बताइन् ।

गंगालालको सभाहलमा भएको सम्मेलनमा सयौं नर्सहरुको सहभागिता रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा कार्डियोभास्कुलरमा काम गर्ने नर्सहरु संगठित भएर अघि बढेकोमा खुसी व्यक्त गरे ।
साथै, मन्त्रालयले सिमित स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘स्वास्थ्य जनशक्तिलाई विशिष्टिकृत मानिएको छ तर, सिमित स्रोत साधनका कारण हामीसँग पर्याप्त जनशक्ति छैनन्,’ उनले भने, ‘तैपनि हामीसँग भएको जनशक्तिलाई तालिम होस् या अन्य उपायबाट सशक्तिकरण गरिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मटु उपचारको सेवा सातवटै प्रदेशमा विस्तार गर्ने गरी सरकार अघि बढाएको बताए । ‘हामीले चारवटा प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गरिसकेका छौँ,’ उनी भन्दै थिए, ‘अन्य प्रदेशमा पनि यथाशिघ्र सेवा सुरुवात गर्दैछौँ ।’

यसैगरी चाँदबाघ स्कुल कब्जा गरेको जग्गा अब गंगालाललाई नै दिने प्रक्रियासमेत अघि बढेको उनले बताए । ‘अब छिट्टै त्यो जग्गा गंगालालको नाममा आउनेछ,’ उनले भने ।
गंगालालका संस्थापक अध्यक्ष एवम् मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले सम्मेलनको सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई सशक्तिकरण नगरी अस्पतालको सेवा सुदृढ नहुने बताए । साथै, यो सम्मेलन सिर्जनात्मक भएको उनको धारणा थियो ।
गंगालालका कार्यकारी निर्देशक डा. रवी मल्लले पनि सम्मेलनको सफलताको शुभकामना दिँदै गंगालालमा कार्डियाक केयर र थ्रोम्बोलाइटिङ कसरी गर्ने भन्ने बारेमा नर्सहरुलाई तालिम दिइरहेको बताए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेलल अस्पतालमा नर्सबिना बिरामीलाई निको पार्न नसकिने बताए । ‘बिरामीलाई निको पार्ने भनेको नर्सले हो । त्यसैले नर्सिङ सेवालाई टाढा राख्न मिल्दैन,’ उनले भने, ‘बिरामीको उपचारमा ९० प्रतिशत भुमिका नर्सहरुको हुन्छ ।’

सम्मेलनमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी, नेपाल नर्सिङ संघकी महासचिव डा. देवकाकुमारी आचार्य, कार्डियाक सोसाइटी अफ नेपालका महासचिव एवम् मुटुरोग विशेषज्ञ डा. दिपङ्कर प्रजापतिले पनि शुभकामना दिएका थिए ।
सम्मेलनमा गंगालालकी नर्सिङ निर्देशक प्रतीबदन डंगोलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिएकी थिइन् ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया