समाचार
राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
जनकपुर—प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन् । मंगलबार राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे ।
‘नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् ।न्यूूट्रनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक वि.सं. १२१० मा निकालेका थिए,’, ओलीले भने, ‘पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरु विश्वमा कमजोर हुन सक्दैनन् ।’

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बबताए ।
‘तपाईंहरुले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा तपाईँहरु संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ । तपाईँहरुमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करुणाको भावना हुनुपर्छ । विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गरेका थिए ।

ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया