रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए

काठमाडौं- कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । शुक्रबार बोर्डले सार्वजनिक गरेको नतिजामा एकेडेमीका १९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् ।
रिलायन्सबाट २०८१ सालको एसईई परीक्षामा १०२ जना विद्यार्थी सहभागि भएका थिए । जसमध्ये ४ जीपीए ल्याउने १९ जनासहित ९७ जनाले ३.६० देखि ४ जीपीएसम्म ग्रेड ल्याएको एकेडेमीका प्रिन्सिपल खेमलाल भुसालले जानकारी दिए । ‘५ जनाले ३.२० देखि ३.६० सम्म जीपीए प्राप्त गर्नुभएको छ,’ उनले भने ।
२०८० सालको एसईई परीक्षामा पनि ५ जनाले ४ जीपीए प्राप्त गरेका थिए । निरन्तर एसईईमा अब्बल नतिजा ल्याउँदै आएको रिलायन्स गत वर्ष संस्थागत विद्यालयतर्फ बागमती प्रदेशकै दोस्रो भएको थियो । त्यसअघि २०७९ सालमा रिलायन्स बागमती प्रदेशकै प्रथम भएको थियो । जसबापत रिलायन्सलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मानित समेत गरेको थियो ।
त्यस्तै, २०७५ सालमा रिलायन्स नेपालभरमै प्रथम भएको थियो भने २०७० सालको एसएलसी परीक्षामा बोर्ड टप भएको थियो । २०७० सालको एसएलसीमा संजोग कार्की बोर्ड प्रथम भएको भुषालले जानकारी दिए ।
यसरी अब्बल नतिजा ल्याउनका लागि रिलायन्सले के गर्छ ? प्रिन्सिपल भुषाल भन्छन्, ‘हाम्रो विद्यार्थी केन्द्रीत सिकाइ नै अब्बल नतिजाको कारण हो ।’
रिलायन्सले हरेक कक्षाका कमजोर र राम्रा विद्यार्थीलाई बेलैमा पहिचान गरी बेग्लाबेग्लै शिक्षण बिधि अपनाएर अध्यापन गराउने गरेको भुषाले बताए । ‘हामीले विद्यार्थीहरुको कमजोरीलाई बेलैमा पहिचान गर्छौं,’ उनले भने, ‘त्यसपछि उनीहरुको क्षमता अनुसारको शिक्षण विधि अपनाएर अध्यापन गराउँदै आएका छौँ ।’
त्यसैगरी विभिन्न चरणमा लिइने तहगत परीक्षाले पनि नतिजा सुधार गर्न सहज बनाएको उनको भनाइ छ । अभिभावकसँग निरन्तर छलफल, समूहगत छलफल, स्रोत संकलन जस्ता कुरा रिलायन्सका अब्बल नतिजाका कारण हुन् ।
बाेर्डले सार्वजनिक गरेको नतिजामा देशभरबाट ४८ हजार १ सय ७७ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ८१ ह्जार ३ सय ८५ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् । भने, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ रहेको छ । त्यस्तै, ४८ हजार ४ सय ७८ जना विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् । २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ रहेको छ भने १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ । १ लाख ६७ हजार ५ सय ९७ विद्यार्थी भने नन ग्रेडेड भएका छन् ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया