Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचार२१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’

समाचार

२१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’


काठमाडौं—नेपाल शिक्षक महासंघले २१ साउनअघि विद्यालय शिक्षा विधेयक प्रतिनिधीसभाबाट पास गराउन अल्टिमेटम दिएको छ । २ साउनमा महासंघले एक विज्ञप्ती जारी गर्दै विगतमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २७ बुँदे सहमति आफूहरुको बटमलाइन भएको समेत उल्लेख गरेको छ ।

‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधीसभाबाट पारित भई अगाडि नबढेमा वा नेपाल शिक्षक महासंघसँग भएका सहमति विपरित प्रबन्ध गरी अघि बढेमा नेपाल शिक्षक महासंघ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोषण गर्दछ,’ महासंघले भनेको छ । उसले आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

महासंघले सहमतिअनुसार विधालय शिक्षा विधेयकको काम अगाडि बढाउन आग्रह गर्दै अन्यथा आरम्भ हुने आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवारी हुने बताएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको