Techie IT
  • बुधबार, साउन ८, २०८२ / Thursday, July 24, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठएडमिसन/इभेन्टत्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन

त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्र (सेमेष्टर प्रणाली)को भर्ना कार्यक्रम सुरु गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ । त्रिविले साउन दोस्रो हप्तदेखि भदौ दोस्रो हप्ताभित्र भर्ना गरिसक्न निर्देशन दिएको हो ।

त्रिविले मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुलाई शैक्षिक वर्ष २०८२/०८३ को समेष्टर प्रणालीका लागि नयाँ भर्ना सुरु गर्न सूचित गरेको हो ।

त्रिविले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर पहिलो हप्ताबाट कक्षा सञ्चालन हुनेछ । त्यस्तै, अन्तिम परीक्षा चैतको दोस्रो हप्तामा गरी २०८३ असारभित्र नतिजा प्रकाशन गरिसक्ने त्रिविको कार्यतालिका रहेको छ ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको