नगरपालिकाले स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारसम्बन्धी विषय राखेपछि…
काठमाडाैं। बागलुङको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ ।
चालु शैक्षिक सत्रबाट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समावेश गरेको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले वैदेशिक रोजगारीका विषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे वैदेशिक रोजगारीको विषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताए ।
‘वैदेशिक रोजगारी स्वाभाविक प्रक्रिया जस्तो भइसक्यो, कम्तीमा यसको विषयमा बुझेर जाउन, सीप सिकेर जाउन भन्ने हो’, उनले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो ।’
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीका विषयमा पढाउने देशभरका सात सय ५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए । सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उनको बुझाइ छ ।
‘हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाइ हुनु खुसीको कुरा हो’, रेग्मीले भने, ‘यो पढाइ व्यावहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागू गर्दा राम्रो हुन्छ ।’ वैदेशिक रोजगारीमा गएका र जान खोज्ने ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाइ छ ।
विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए ।
बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समावेश गर्ने चरणमा रहेको उनले जानकारी दिए । ‘हामीले सुझाव दिएका छौँ, उनीहरु सकारात्मक छन्’, उनले भने, ‘यो सबैका लागि जरुरी विषय पनि हो ।’
बागलुङका नगर उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयस्कसम्म सबैमा सचेतना पुर्याउन आवश्यक रहेको बताए । उनले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा सीप, ज्ञान सिकेर जाने युवाले काम पनि राम्रो पाउने तथा कमाइ पनि राम्रो हुने र सुरक्षित पनि भइने बताए।
बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न तरिकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया