Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Saturday, November 8, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारशिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

समाचार

शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं—शिक्षक महासंघले शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन नभएको भन्दैं चरणवद्ध आन्दोलनका कारण घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले ९ भदौदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

महासंघले पहिलो चरणमा ९ भदौमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलन सुरु गर्ने जनाएको छ । ११ भदौंमा सबै राजनीतिक दलका केन्द्रीय कार्यलयमा ध्यानाकर्षण पत्र बुझाउने, कार्यलहरुमै २ घण्टा प्रतिनिधीमूलक धर्ना दिने कार्यक्रमको महासंघले घोषणा गरेको छ ।

१३ भदौंमा सबै पालिकामा प्रतिनिधिमूकल उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाउने, १५ भदौमा सबै जिल्ला समन्वय समितिमा प्रतिनिधिमूलक ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासंघले जनाएको छ ।

२१ भदौंमा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने र त्यो आन्दोलनमा विरोध प्रदर्शनलगायतका कडा संघर्षका कार्यक्रम ल्याउने महासंघले जनाएको छ ।

महासंघले शिक्षा समितिबाट पारित भएको विधेयकले आफूहरुका मागहरु आंशिक रुपमा मात्रै पूरा गरेको भन्दैं आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र आफूहरुसँगको सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न पनि महासंघले माग गरेको छ ।

बिहीबार संसदीय समितिले शिक्षा विधेयक पास गरेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको