Techie IT
  • सोमबार, भदौ ३०, २०८२ / Monday, September 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारआइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन

आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)बाट विद्यालय खोली सोमबारबाट पठनपाठन सुचारु गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ । महानगरले शनिबार एक सुचना जारी गर्दै सो निर्देशन दिएको हो ।

महानगरले आइतबार विद्यालय खोलेर सरसफाइ गर्न र कुनै क्षति भएको भए क्षतिको विवरण महानगरमा पेश गर्न समेत निर्दशन दिएको छ । त्यस्तै, अवस्था सामान्य नहुन्जेल अभिभावकलाई नै विद्यार्थी विद्यालयसम्म ल्याइदिन अनुरोध गर्नसमेत भनिएको छ । यसैगरी, सोमबारबाट सुरु हुने पठपाठनमा मनोसामाजिक परामर्श दिइ पढाइ सुरु गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागका निमित्त शिक्षा प्रमुख केशव ज्ञवालीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको